coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

डाइनामो किभमाथि चेल्सीको सहज जित, आर्सनल भने स्तब्ध

काठमाडौं – युरोपा लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब चेल्सीले युक्रेनी क्लब डाइनामो किभमाथि ३–० को सहज जित निकालेको छ। घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा बिहीबार राति सम्पन्न खेलमा चेल्सीको जितमा पेड्रो, विलियन र हुडसन ओडोइले गोल गरे।

घरेलु दर्शक माझ चेल्सीले १७ औं मिनेटमा पेड्रोको गोलमार्फत खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्यो। ६५ औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दोब्बर पारे। त्यस्तै ९० औं मिनेटमा ओडोइले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए।

चेल्सीले अब दोस्रो लेगको खेल डाइनामोको घरेलु मैदानमा खेल्नेछ। यो जितले चेल्सीका प्रशिक्षक माउरीजीयो सारीलाई केही राहत भएको छ। 

त्यस्तै राति नै सम्पन्न अर्को खेलमा इङ्लिस क्लब आर्सनल भने फ्रान्सेली क्लब रेनेससँग ३–१ ले स्तब्ध भएको छ। घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित आर्सनलविरुद्ध रेनेसले १ गोलको अग्रता उल्टयाउँदै तीन गोल गरेको हो।

खेलको तेस्रो मिनेटमा आर्सनलका एलेक्स वाबीको गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, ४१ औं मिनेटमा सोक्रासित दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो। सोक्रासित मैदान बाहिरिएको १ मिनेटमा नै बेन्जामिन बोउरीजेउडको गोलमा रेनेसले खेल बराबरीमा ल्यायो।

त्यस्तै ६५ औं मिनेटमा नाचो मोनरियलले आत्मघाति गोल गरेपछि आर्सनल २–१ ले पछि परेको थियो। एक खेलाडी कम भएको फाइदा उठाउँदै रेनेसका सारले ८८ औं मिनेटमा तेस्रो गोल गरे। त्यसपछि आर्सनल खेलमा फर्कन सकेन र पराजित हुन पुग्यो। 

अन्य खेलहरूमा इटालियन क्लब नेपोलीले युक्रेनको डाइनाभो किभलाई ३–०, क्रोएसियाको डाइनाभो जाग्रेबले पोर्चुगलको बेन्फिकालाई १–०, स्पेनिस क्लब भिल्लारियलले रसियन क्लब सेन्ट पिटर्सबर्गलाई ३–१ र स्पेनिस क्लब भ्यालेन्सियाले रसियन क्लब एफसी क्रासनोडरलाई २–१ ले पराजित गरेका छन्।

त्यस्तै स्पेनिस क्लब सेभिल्ला र चेक क्लब प्रागुइले २–२ को बराबरी खेल्दा जर्मन क्लब फ्य्राङ्क एफसी र इटालियन क्लब इन्टर मिलान भने गोलरहित बराबरीमा रोकिएका छन्। 

प्रकाशित: २४ फाल्गुन २०७५ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App