घरमै थन्कियो फसल

शुक्रबार, २४ फागुन २०७५, ०९ : ४२ गिरिराज बाँस्कोटा

पाँचथर - नेपालको प्रमुख निर्यातजन्य कृषिउपज अलैंची किसानको घरमै थन्किएको छ। पछि राम्रो मूल्य पाउने आसमा किसानले अलैंची थन्क्याएर राखेका हुन्। कृषिलाई प्राथमिकता दिने चर्चा भइरहँदा अलैंची किसान भने मूल्य नपाएर दिन प्रतिदिन निराश बन्दै छन्।

नेपालको मुख्य अलैंची उत्पादन हुने प्रदेश १ को पहाडी जिल्लाका किसानका घरमा अलैंची नबिकेर थन्किएको छ। ‘अरु खेती मासेर अलैंचीमा लागियो। व्यावसायिक रुपमा अलैंची खेती गर्न ठूलो लगानी भयो। अहिले घरमै थन्क्याउनु परेको छ,’ फाल्गुनन्द गाउँपालिका फाक्तेपका किसान तिलबिक्रम चेम्जोङले भने, ‘करिब डेढ सय मन (प्रतिमन ४० केजी) अलैंची घरमै छ। अहिलेको मूल्यमा बेचे लगानी उठ्दैन। के–के गरुँला भन्ने  सपना थियो, केही नहुने भयो।’ निकै ठूलो लगानीमा अलैंची खेती विस्तार गरेका चेम्जोङको जस्तै गुनासो प्रदेश १ का अन्य किसानको पनि छ। राम्रो भाउ नपाएका कारण किसानले अलैंची बिक्री गर्न सकेका छैनन्। ‘लागत नै उठ्दैन, सबै चिन्तामा छौं। कतिपयको पोहोरदेखिको अलैंची त्यसै छ। न सरकारले हेर्छ, न त आफैं केही गर्न सक्ने अवस्थामा छौं,’ चेम्जोङले थपे। भदौ–मंसिरमा अलैंची टिपेर प्रशोधन गरेपछि किसानले घरमै राखेका हुन्।

अहिले अलैंचीको बजार मूल्य प्रतिमन २५ हजार रुपैयाँ छ। विगतमा प्रतिमन एक लाख २० हजारसम्ममा अलैंची बेचेका किसान भाउ कुर्दै बसेका छन्। कतिपय किसानको अलैंची नै मुख्य आर्थिक स्रोत हो। प्रदेश १ का पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा अलैंची खेती हुन्छ। पहाडको ‘कालो सुन’ भनेर परिचय बनाएको नगदेबाली अलैंचीमा राम्रो आम्दानी हुने अपेक्षा तुहिँदै गएको मिक्लाजुङ गाउँपालिका–२ का किसान सूर्य आङदेम्बेले बताए। ‘अरुले विदेश जाने वा अन्य व्यवसाय गर्दा कृषिमा केही गर्नुपर्छ भनेर यतातिर लागियो। अलैंचीको दाम नहुँदा थन्क्याएर बसेको छु। १० मन अलैंची घरमै थन्किएको छ,’ युवा कृषक आङदेम्बे गुनासो पोख्छन्, ‘यस्तो अवस्थामा कसरी खेती गर्नु ? उत्पादन लागत नै नउठ्ने अवस्था छ।’

नेपालमा उत्पादनको हिसाबले महŒवपूर्ण मानिने प्रदेश १ का जिल्लाका किसान मूल्यको मारमा परेको बताउँछन्। नेपालबाट निर्यात हुने प्रमुख कृषि उपजमा अलैंची पर्छ। यहाँको मुख्य नगदे बालीको रुपमा समेत अलैंची नै छ। नेपालको कुल उत्पादनको ९० प्रतिशतभन्दा बढी उत्पादन प्रदेश १ को भएको प्रदेश कृषि निर्देशनालयका प्रमुख वेनु प्रसाईले जानकारी दिए। मूल्य गिरावटले किसानलाई समस्या परेको उनको भनाइ छ। मूल्य कुरिरहेका किसान निराश बन्दै गएका छन्। उत्पादनमा सुधार आए पनि मूल्यले साथ नदिएको ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–१ कालीखोलाका किसान विष्णु भण्डारीको भनाइ छ। ‘हाम्रो उत्पादनको दाम छैन।

बजारबाट किन्नुपर्ने सामानको भाउ बढ्याबढ्यै छ। खेतबारी मासेर यता लागियो। दाम बढेन भने त बिजोग हुने भयो,’ उनले भने, ‘सिँचाइ र गोडमेल गर्नै मन लाग्न छाड्यो। पोहोर पनि भाउ राम्रो पाइएन, यसपालि पनि उस्तै भयो।’  अघिल्लो सिजनको सुरुवातमा प्रतिमन ४४ हजार मूल्यसम्ममा अलैंचीको कारोबार भएको थियो। यो सिजनमा प्रतिमन ३३ हजारभन्दा बढी मूल्यमा कारोबार हुन सकेको छैन। भारतीय बजारबाट माग नआएकाले मूल्य बढ्न नसकेको अलैंची व्यवसायी खेम अधिकारी बताउँछन्। केही किसान बाहेकले बिक्री नगरेको उनको भनाइ छ। करिब ६० प्रतिशत अलैंची किसानकै घरमा रहेको उनको अनुमान छ। भारतमै उत्पादन बढेर भाउ नआएको भनिए पनि यसै हो भन्न सकिने अवस्था नरहेको उनले बताए। अलैंचीको मूल्यको अनुमान लगाउन सक्ने अवस्था नरहेको अधिकारी बताउँछन्। उनका अनुसार व्यापारीको गोदाममा पनि अलैंची थन्किएको छ। अलैंचीको आन्तरिक खपत कमैमात्र रहेको प्रसाई बताउँछन्।

कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार मुलुकको १२ हजार पाँच सय आठ हेक्टरमा अलैंची उत्पादन भइरहेको छ। उपलब्ध तथ्यांकअनुसार ६ हजार पाँच सय २१ मेट्रिक टन अलैंची उत्पादन हुने तथ्यांक छ। सबैभन्दा धेरै अलैंची ताप्लेजुङमा हुन्छ। त्यसपछि क्रमशः संखुवासभा, पाँचथर, इलाममा धेरै अलैंची उत्पादन हुन्छ। ताप्लेजुङमा चार हजार एक सय ५०, संखुवासभामा दुई हजार दुई सय, पाँचथरमा एक हजार सात सय ३७ हेक्टर र इलाममा एक हजार दुई सय हेक्टरमा अलैंची उत्पादन हुन्छ।

न्यूनतम सामथ्र्य मूल्य निर्धारण नहुँदा समस्या हुने गरेको किसान बताउँछन्। प्रतिमन ५० हजारदेखि माथि अलैंची बिक्री हुन सके किसानलाई समस्या नहुने बताइन्छ। अलैंचीको मूल्य यसरी नै घट्दै जाने हो भने विकल्प खोज्नुपर्ने अवस्था आउने फिदिम–७ का किसान गोकुल तामाङ बताउँछन्। विदेशबाट फर्किएर अलैंची खेतीमा लागेका तामाङ भन्छन्, ‘मूल्य यसरी नै घट्ने हो भने कसरी खेती गर्नु ? किसानलाई कतैबाट पनि राहत भएन। लगानी उठाउनै कठिन छ।’

विगतमा अलैंची खेतीले किसान र व्यापारीले ठूलो प्रगति गरेका थिए। खेतबारी मासेर अलैंची खेती गरेको पाइन्छ। पहाडको ओसिलो, खोल्साखोल्सीमा अलैंची खेती हुने गर्छ। अलैंचीको पुरानो झ्याङबाट बिरुवा निकालेर तथा नर्सरीबाट बिरुवा उत्पादन हुन्छ। समुद्र सतहको सात सयदेखि एक हजार आठ सय मिटरसम्म अलैंची खेती हुुुने गरेको प्रमुख प्रसाई बताउँछन्। उनका अनुसार रामशाही, गोलशाही, डम्बरशाही, चिवे, साउने लगायत जातका अलैंची खेती हुने गरेको छ। मूल्यमा निरन्तर गिरावट हुने गरेकाले सरकारले तेस्रो मुलुकमा बजार खोजिदिनुपर्ने किसानको माग रहेको छ। अलैंचीलाई नै मुख्य आधार बनाउनेहरु धेरै भएकाले मूल्यको निरन्तर घटबढले समस्या पार्ने गरेका याङवरक गाउँपालिकाका कृषक तेजु राईले बताए। वैकल्पिक बजार खोज्नुपर्ने उनीहरुको माग छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad