४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

नोबेल पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाएको यस वर्षको नोवेल शान्ति पुरस्कारको रकम आफ्नो देशका द्वन्द्व पीडितलाई प्रदान गरिने आइतबार घोषणा गरेका छन्।

सो पुरस्कारको रकम नौ लाख २५ हजार अमेरिकी डलर बराबरको रहेको छ।

कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको कारण कोलम्बियामा लाखौंको सङ्ख्यामा द्वन्द्व पीडित भएका छन्।

कोलोम्बियामा पाँच दशकसम्म जारी यस द्वन्द्वमा परी २ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । त्यसैगरी ४५ हजार बेपत्ता भएका छन्. । यस द्वन्द्वका कारण सात लाख व्यक्ति विस्थापित भएका छन्. ।

कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उहाँलाई सो यस बर्षको नोबेल शान्ति पुरस्कारबाट दिइएको छ ।

नर्वेको राजधानी ओस्लोमा रहेका नोवेल पुरस्कार छनोट समितिले गत शुक्रबार सो जानकारी दिएको थियो ।
रासस/एएफपी

 

प्रकाशित: २५ आश्विन २०७३ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App