किसुनजीले नजन्माएका छोरीहरू

शुक्रबार, २४ फागुन २०७५, ०८ : ५४ नागरिक

डा. माधवी भट्ट
मेरो बाल्यकालको मुख्य हिस्सा नेपाली राजनीति र नेताहरूका संघर्षका कथा सुनेर र बुझेर नै बित्यो। राणा र पञ्चायती शासनविरुद्ध संघर्षरत बुवा रोहिणीदेव भट्ट विसं २०३० को दशकमा पक्षघातले थलिएर केही वर्ष निष्क्रियजस्तो हुनुभएको थियो। म भने बाल्यकालका खुट्किलाहरू चढिरहेकी थिएँ, उहाँको कष्टप्रद दैनिकी हेर्दै। गोर्खाको विकट गाउँमा समाचारको स्रोत रेडियो मात्रै थियो। त्यसैले काठमाडौँबाट निरन्तर पठाइने साप्ताहिक पत्रिका, नेपाली कांग्रेसको मुखपत्र र नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) ले पठाएका हस्तलिखित पत्रहरूको प्रतीक्षामा बित्थे बुबाका दिनहरू।

किसुनजीका पत्रहरू ‘प्रिय साथी रोहिणीजी’बाट प्रारम्भ भई ‘तपाईंको स्नेही कृष्णप्रसाद भट्टराई’ भनी टुङ्गिएको हुन्थ्यो। सन्चो–विसञ्चो, महिला नेतृराष्ट्रिय राजनीति र पार्टीको भावी कार्यदिशाबारे संक्षिप्त उल्लेख गरिएको हुन्थ्यो, पत्रको पेटबोलीमा। पहिलो पटक ती पत्रहरू बुबा आफैँ पढ्नुहुन्थ्यो। अनि पटक पटक मलाई पढ्न लगाइरहनुहुन्थ्यो। ती पत्रहरू प्रेमले सुम्सुम्याउनु हुन्थ्यो र जतनले थन्क्याउनु हुन्थ्यो दराजमा। केरमेट नगरिएका किसुनजीका अक्षरहरूले मलाई सम्मोहित बनाउँथे। बुबाको आँखा छलेर ती पत्रहरू दर्जनौँ पटक पढिरहन्थेँ। मेरा पिता समानका नेता किसुनजीको निष्ठा, त्याग र बलिदानीको प्रभावले मेरो जीवन प्रभावित छ।

किसुनजी दुईपटक गोर्खाको हाम्रो पुख्र्याैली घर पुग्नुभयो रे। तर त्यसको ताजा सम्झना छैन मसँग। बाल्यकालमा पढेका पत्रमार्फत गाँसिएको उहाँसँगको सामीप्य विसं २०४९ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएदेखि भने निरन्तर कायम रह्यो। विसं २०५१ सालमा म सरस्वती बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बन्दा उहाँलार्ई भेट्नुपर्छ भन्ने धेरै साथीको जोडबल थियो। बुबाले पनि एक पटक किसुनजीलाई भेट गराउने इच्छा गर्नुभएको थियो। विद्यार्थी राजनीतिलार्ई पार्टी राजनीतिबाट अलग्गै राख्ने चाहना भएकाले भेटका लागि हतार गरिनँ। भेट्नै परिहालेमा के भनेर सम्बोधन गर्ने भन्ने अन्योल चाहिँ थियो। बुबाले एक दिन भन्नुभयो, ‘आज म किसुनजीसँग भेट्ने समय मिलाउँछु। दिउँसो पार्टी कार्यालय आइज।’ उहाँले नै थप्नुभयो, ‘किसुनजी नभनेस्। बुबा भनेस्।’

उनले थपिन्, ‘किसुनजी पनि त्यस्तै हुनुहुन्छ नि ! कति राम्री देखिएकी भनेर सबैका अगाडि जिस्याउनुहुन्छ।’

क्याम्पसमा भएको पूर्वनिर्धारित कार्यक्रमका कारण म पार्टी कार्यालय जान सकिनँ। बेलुकी साढे पाँच बजेतिर किसुनजीका शिष्य तथा सांसद होमराज दाहाल सरस्वती क्याम्पस आइपुगे। तिनले हतारमा भने, ‘किसुनजी र तिम्रो बुबा तिमीलार्ई कुरेर ५ बजेसम्म पार्टी कार्यालयमै हुनुहुन्थ्यो।’ साँझ परिसकेकाले त्यस दिन जान सम्भव थिएन। बेलुकी घरमा बुबा नराम्ररी रिसाउनुभयो। भोलिपल्ट क्याम्पसबाटै फोन गरेँ पार्टी कार्यालयमा। तर किसुनजी आइपुग्नु भएकै रहेनछ। फोन उठाउने मान्छेले मेरो नाम र फोन नम्बर मागे। मोबाइल फोनको चलन थिएन। क्याम्पसकै नम्बर दिएँ मैले। करिब एक डेढ घण्टापछि क्याम्पसका एक कर्मचारी मलाई खोज्दै आएर भने, ‘किसुनजीले फोन गर्नुभएको छ।’ यसरी पहिलो पटक किसुनजीसँग मेरो परिचयात्मक संवाद भयो फोनमार्फत। उहाँले हाँस्दै ठट्यौलो पारामा आफ्नी भान्जीको नाम पनि माधवी नै भएको बताउनु भयो। उहाँले तिमी पनि मेरो परममित्रको छोरी रहिछौ भनी थप आत्मीयता देखाउँदै प्रश्न गर्नुभयो, ‘एमएसम्म पढाइ हुने कलेजमा तिमी टिनएज पनि पार नगरेकीले भोट पाउँछ्यौ ? इन्टरमिडियट नै नगरी राजनीतिमा लाग्नु हुन्छ ?’

‘मैले नजन्माएको छोरो’ कथामा साहित्यकार पारिजातले अभिव्यक्त गरेजस्तै किसुनजीले छोरीकै रूपमा स्नेह गरेका धेरै महिलाहरू भने उहाँमा कामुकता र विपरीत लिङ्गप्रतिको वासना देख्थे। जुन मलाई निकै अस्वाभाविक लाग्थ्यो।

त्यसपछि त कलेजका साथीहरूले पत्रिकामा किसुनजीको फोटो देखे पनि जिस्क्याउन थाले— ‘माधवीको बा’को फोटो छापियो। स्ववियु सभापतिको उम्मेदारीसँगै मेरो भेटघाट र चिनजानको दायरा फराकिलो हुन पुग्यो। यही क्रममा स्थापितदेखि नवप्रवेशी कांग्रेसी महिलाहरूसँग छलफल र संवादमा आउने मौका मिल्यो। हरेकले किसुनजीसँग जोडेर अनेकौँ किस्सा सुनाउँथे। केही  महिलाहरू किसुनजीले आफूलार्ई जिस्क्याएको भनी दंगदास देखिन्थे। केही महिलाहरू किसुनजीसँग जोडेर आफूलार्ई बात लगाइएको गुनासो गर्थे। उता किसुनजीले भने कसैप्रति पनि त्यो खालको आसक्ति देखाएको भेटिनँ। हाँसठट्टा गर्नु र रिसाउनु त किसुनजीको अन्तरङ्ग गुण नै पो थिए जस्तो लाग्छ। म र मजस्तै कैयौँ आफ्ना स्नेही साथीका छोरीहरू र अन्य महिलालार्ई उहाँले छोरी जस्तै पनि ठान्नुहुन्थ्यो। तर विडम्बना ‘मैले नजन्माएको छोरो’ कथामा साहित्यकार पारिजातले अभिव्यक्त गरेजस्तै किसुनजीले छोरीकै रूपमा स्नेह गरेका धेरै महिलाहरू भने उहाँमा कामुकता र विपरीत लिङ्गप्रतिको वासना देख्थे। जुन मलाई निकै अस्वाभाविक लाग्थ्यो।

फोनमा कुराकानी भएपछि पनि लामो समयसम्म किसुनजीलाई भेटेकी थिइनँ। एक महिला नेत्रीको जोडबलका कारण एक दिन कुपण्डोलस्थित किसुनजीको निवास पुगँे। ती महिलालार्ई हेर्दै किसुनजीले हाँसोसहित ‘बाफ रे बाफ तपाईं आउनुभयो’ भन्नुभयो। सामान्य कुराकानी गर्नुभयो। मलाई देखाउँदै ‘यिनी को हुन्’ भन्नुभयो ? मेरो परिचयसँगै उहाँले आत्मीयता थप्नुभयो। राजनीति छोडेर पढ्नुपर्छ भनी पुनः सम्झाउनु भयो। फर्कंदा ती महिलाले मुख रातो–पिरो बनाउँदै मसँग भनेकी थिइन्, ‘मैया मलाई त किसुनजीको बात लगाउँछन्। राजनीतिमा लाग्न सजिलो छैन।’ राजनीतिमा सचेत र पूरै सक्रिय मैले कहिल्यै कसैले उनीमाथि त्यस्तो लाञ्छना लगाएको थाहा पाएको थिइनँ। त्यो उनको आफ्नै भ्रम थियो वा यथार्थ आजसम्म थाहा छैन मलाई।

अधबैँसे उमेरकी अर्की एक नेत्रीसँग म किसुनजीको खुमलटारस्थित निवास पुगँे। ती महिलाले पनि सबैले आफूलार्ई किसुनजीसँग जोडेरै कुरा काट्छन् भन्ने गुनासो गरिन्। उनले थपिन्, ‘किसुनजी पनि त्यस्तै हुनुहुन्छ नि ! कति राम्री देखिएकी भनेर सबैका अगाडि जिस्याउनुहुन्छ।’ अघिल्लो पुस्ताका यी प्रौढ महिलाहरू मात्र होइन, किसुनजीको प्रेम र स्नेहलार्ई शारीरिक वासनामा जोड्न खोज्ने मेरै उमेरका धेरै युवतीहरू थिए। जसले पारिजातको ‘मैले नजन्माएको छोरो’ पढेकै थिएनन् वा अविवाहित पुरुष हृदयलार्ई बुझेकै थिएनन्।

विद्यार्थी राजनीति छोडेपछि भने म बुबाको पछि लागेर पटक पटक पुगेँ किसुनजीलाई भेट्न उहाँको भैँसेपाटीस्थित निवास। किसुनजीले नै मलार्ई पत्रकारितामा प्रवेश गराउनुभयो र पेसागत मूल्य मान्यताको पाठ गहिरोसँग सिकाउनुभयो। उहाँले कोरिदिएका पेसागत जीवनका लक्ष्मण रेखा नाघ्ने धृष्टता म गर्न सक्दिनँ। किसुनजीले मलाई विदेशमा उच्चशिक्षा लिएर फर्केपछि मात्र राजनीतिमा लाग्न भन्नुभएको थियो। उहाँले छात्रवृत्तिका लागि प्रयत्न गर्न पनि खोज्नुभयो। मैले त्यस बेला विदेश जाने रुचि नभएको पटक पटक बताएँ। उहाँले एक दिन ‘के गर्ने त’ भनेर सोध्नु भएपछि मैले पत्रकारितामा रुचि देखाएँ। कान्तिपुर दैनिकका सम्पादक योगेश उपाध्यायलाई सिधै फोन गर्नुभयो। उनी फोनमा भेटिएनन्। मैले प्रकाशक हेमराज ज्ञवालीलार्ई नै गर्नुस् न भने। त्यस दिन उहाँले सम्पादक र प्रकाशकबीचको भिन्नता र सम्पादकीय स्वतन्त्रताबारे राम्ररी मलार्ई बुझाउनु भयो। कान्तिपुरमा गएपछि उहाँ नै मेरो समाचारको मुख्य स्रोत र गुरु दुवै बन्नुभयो। टेकुस्थित पार्टी कार्यालयमा एउटा कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका बेला उहाँले आफ्नो कार्यकक्षमा बोलाउनुभयो र भन्नुभयो–  ‘नयाँ रिपोर्टरलार्ई आज म स्कुप दिन्छु। यो समाचार तिम्रो पत्रकारिताको टर्निङ प्वाइन्ट हुन्छ।’ उहाँले समाचार नै लेखेर तयार गरिदिनुभयो। प्रुफ मिलेको छ कि छैन पनि हेर्नुभयो। दुर्भाग्यवश, त्यो समाचार कान्तिपुरमा छापिएन।

त्यसपछि पनि किसुनजी प्रमुख अतिथि भएका कार्यक्रमहरूमा म बारम्बार गइरहन्थेँ। उहाँ टाढैबाट बोलाउनुहुन्थया, ‘लेडी जर्नो कम हियर।’ एक दिन उहाँले भन्नुभयो, ‘महत्वपूर्ण समाचार छ, तिमी पर्ख है।’ उहाँले २०४७ सालको संविधान संशोधन गरेरै भए पनि देशका समस्याहरू समाधान गर्नुपर्ने बताउनु भयो। मेरो सिट पछाडि रासस, रेडियो नेपाल र अन्य मिडियाका पत्रकारहरू पनि थिए। उहाँले अनुमति नलिइकन बसेको भनेर ती पत्रकारहरूलार्ई बेस्सरी हकार्नुभयो। ती पत्रकारहरू गलल हाँसे र भने, ‘माधवीको बा साह्रै कडा।’

विसं २०५५ पछि मेरो बुवाको स्वास्थ्य अवस्था थप जटिल बन्न गयो तर किसुनजीलाई भेट्ने र कुरा गर्ने चाहनामा कमी भएन। बुबाको उमेर र स्वास्थ्यलार्ई हेरेरै हुनुपर्छ किसुनजीले उहाँलार्ई अरु बेला मान्छेको भिडभाड हुने भएकाले खाना खाएपछि आराम गर्ने समयमा आउन भन्नुभयो। त्यही शान्त समय हो जति बेला किसुनजी रोएको र अन्तर्मनको वेदना पोखेको मैले सुन्न र अनुभूत गर्न पाएको। २०१५ साल र २०४८ सालको आम निर्वाचन अनि २०५१ सालको उपचुनावमा पराजित भई राजनैतिक जीवनको उत्तरार्धमा उभिएका कृष्णप्रसाद भट्टराईलार्ई फेरि चुनावी प्रतिस्पर्धामा जाने सल्लाह सायदै कसैले दिन सक्थ्यो। म अविवाहित हुँ, कुमार होइन भन्ने अभिव्यक्तिले चर्चा र विवादमा आएका भट्टराईलार्ई तपाईंमा सन्तानको चाहना भयो÷भएन भन्ने प्रश्न पनि सानो आँटले गर्न सकिँदैन।

२०५५ को कुनै एक मध्यान्ह आकाश कालो थियो, पानी पर्ला जस्तो। बुबाले किसुनजीकहाँ पुगेर भन्नुभयो, ‘तपाईं निर्वाचित प्रधानमन्त्री भएको हेर्ने मेरो जीवनको अन्तिम इच्छा छ।’ वृद्ध बुबाको सहयोगी बनेर गएको म आश्चर्यमा परँे। मलार्ई असाध्यै अप्ठेरो महसुस भयो। छुट्याउनै सकिनँ, बुबा यो कुरा सुरमा भनिरहनु भएको छ कि बेसुरमा। फेरि चुनावमा जाने कुराले मात्रै पनि किसुनजीलार्ई पीडा हुन्छ भन्ने मेरो अनुमान थियो। मैले साहस बटुलेर भनेँ, ‘बुबा अलिकति बिरामी हुनुहुन्छ। बुढ्यौलीका कारण कुरा बिर्सन थाल्नुभएको छ।’  किसुनजीले मलार्ई रोक्दै बुबालाई अँगालो मार्नुभयो र रुँदै भन्नुभयो, ‘चुनाउ जित्ने र निर्वाचित प्रधानमन्त्री बन्ने मेरो धोको बाँकी नै छ रोहिणीजी। अवश्यम्भावी म ‘इलेक्टेड प्राइममिनिस्टर हुन्छु।’ बुबाले किसुनजी अविवाहित रहेकाले वंश निरन्तरता नहुने र चुनाव हारेकाले निर्वाचित प्रधानमन्त्रीको भूमिकामा रहन नपाएकाले आफू दुःखी भएको बताउनु भयो। किसुनजी भावुक हुनुभयो र भन्नुभयो, ‘तपाईंले त दुई–तीन बिहे गर्नुभयो क्यारे। अहिले बुढेसकालमा लठ्ठी बोकिदिने दायाँबायाँ गर्ने छोराछोरी छन्। मलार्ई पनि घरबार गर्ने सन्तान जन्माउने इच्छै नभएको कहाँ हो र ? समय जुर्दै जुरेन। अब त समय घर्किसक्यो।’

यो अन्तरंग कुराकानीको केही महिनापछि एक दिन किसुनजीले मलार्ई बोलाउनुभयो। उहाँको निवास पुग्दा माथवरसिंह बस्नेत लगायतका स्वदेशी वरिष्ठ पत्रकारहरू र विदेशी पत्रकारहरू र कूटनीतिक निकायका प्रतिनिधिहरू पनि थिए। किसुनजीले सबैलार्ई भेट्नुभयो। मलार्ई पर्खाइरहनुभयो। माधवरसिंह लगायतका पत्रकारहरू नजिकिँदै समाचारका लागि सोधपुछ गर्न थालेपछि म पनि अघि सरेँ। उहाँले मलार्ई रोक्नुभयो र पर्खाउनुभयो। माथवरजीलार्ई भन्नुभयो, तपाईंलाई जे मन लाग्छ, लेख्नोस् अनि किसुनजीले भन्नुभयो भनेर टुंग्याउनुस्। बैठक कोठामा बसेका सबै हाँस्न थाले। मेरो पालो आएन। सबैलार्ई चिरपरिचत शैलीमा नमस्कार गर्दै किसुनजी मर्निङ वाक जानुभयो। मर्निङवाकवाट फर्केपछि उहाँले निकै गम्भीर हुँदै भन्नुभयो, आज महत्वपूर्ण समाचार छ, त्यसैले पर्खाएको। पार्टी समर्थक पत्रिकालार्ई दिएजस्तो समाचार ब्रोडसिट दैनिकलार्ई मिल्दैन। अनि उहाँले घोषणा गर्नुभयो, ‘म निर्वाचित प्रधानमन्त्री बन्न चाहन्छु।’ उहाँले निर्वाचत प्रधानमन्त्रीको जिम्मेवारी र कार्यशैली फरक हुन्छ भन्ने आफ्नो मान्यता रहेको र त्यो पूरा गर्न आफू कटिबद्ध रहेको पनि बताउनु भयो। कान्तिपुर दैनिकमा भोलिपल्ट मुख्य समाचार बनेको यसले ठूलै राजनीतिक तरंग ल्यायो। त्यसो त कान्तिपुर दैनिकको न्युज रुमबाट टेलिफोनमै पनि कुरा गरेँ मैले।  मनमोहन अधिकारीको निधनमा कान्तिपुर दैनिकका पत्रकारहरूले किसुनजीसँग अन्तर्वार्ता गर्न सकिरहेका थिएनन्। एकदिन म पुग्नासाथै उहाँले मलार्ई मनमोहन अधिकारीबारे टिपाउन थाल्नुभयो। उहाँलार्ई मैले सम्पादकले आफूलार्ई त्यो असाइन्मेन्ट नदिएको बताए। टिपोट गरेका पेजहरू किसुनजीलार्ई फिर्ता गरेँ। पछि त्यो गोरखापत्रमा छापिएको थियो।

बुबाको र किसुनजीको घनिष्ठता २०१५ सालमा गोर्खामा नेपाली कांग्रेसको उम्मेदवार हुनुअघिदेखिको नै हो। पन्ध्र सालमा परम्परागत कट्टर धार्मिक विश्वासमा अडिएको गोर्खाले स्वतन्त्रता र स्वच्छन्दताको भरपुर उपयोग गर्न चाहने आधुनिक उम्मेदवार पायो, कृष्णप्रसाद भट्टराईलाई। कांग्रेसको पक्षमा पूरै उत्रेको गोर्खामा मेरा बुवा नै मुख्य उम्मेदवार ठानिए पनि बिपी कोइरालाको विशेष अनुरोधमा किसुनजीका लागि ठाउँ छोड्न राजी हुनुभएको थियो बुबा। किसुनजीलार्ई जिताउने हर प्रयासमा लाग्नुभयो बुबा। तैपनि बाटोमा हिँडिरहेका महिलाहरूसँग खुलेर बोल्ने, हाँसीमजाक र ठट्टा गर्ने अनि ब्राह्मण कुलमा जन्मेर लोकल रक्सी र कुखुराको मासु खाने किसुनजीको दिनचर्यालाई त्यसबेला गोर्खाका मतदाताले पचाउन सकेनन्। पहिलो आम निर्वाचन २०१५ सालदेखि संसदीय चुनाव जित्ने किसुनजीको धोको २०५६ सालमा पर्सा जिल्लाका मतदाताबाट पूरा भयो। बुबाले किसुनजीको सम्मानमा लेखेको कविताको चार लाइन:

फुल्यो हाम्रो फूलबारीमा फूलै फूल राताम्य
तीस वर्षअघिको नै हो यो तारतम्य
धर्तीमुनि बस्यौ बास ग-यौ सच्चा समर
पुग्यो वाण विपक्षीलार्ई भयौँ हामी अमर
(स्पष्टीकरण : हाल म कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत होइन।)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...