coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रदेशस्तरीय फुटबलको तयारी पूरा

नुवाकोट - आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गत तीन नम्बर प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।‘ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नुवाकोटको बट्टारमा हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगितामा रसुवाबाहेक १२  जिल्लाको सहभागिता हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । फागुन २४ देखि २८ सम्म चल्ने प्रतियागिताको उद्घाटन खेल काठमाडौँ र काभ्रेपलाञ्चोकबीच हुनेछ । 

खेलतालिका अनुसार समूह ‘क’ मा काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, दोलखा र मकवानपुर छन् भने समूह ‘ख’ मा रामेछाप, ललितपुर, भक्तपुर नुवाकोट, धादिङ र सिन्धुली  छन् । दर्शकलाई खेलको अवलोकन गर्न सहज होस् भन्ने उद्देश्य राखेर प्यारापिट निर्माण गरिएको छ । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App