होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

बिहिबार, २३ फागुन २०७५, २० : ५८ मदन ठाकुर

रौतहट– रौतहटमा बलात्कारपछि एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेका थिए।  

गुजरा २ मैढा जंगलमा झाडीभित्र शंकास्पद गतिविधि भइरहेको देखेर गस्तीमा रहेको सशस्त्र वनरक्षक टोलीले तीन जना किशोरहरुले किशोरीलाई छाडेर जंगलभित्र भागेका थिए। बिहीबार दिउँसो करिब साढे तीन बजेतिर सशस्त्र वनरक्षक टोलीले किशोर–किशोरीलाई आपत्तिजनक अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर पाउनासाथ प्रहरी चौकी रंगपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द यादवको नेतृत्वमा गएको टोलीले किशोरीलाई उद्धार गरेको हो। घटनास्थलबाट प्रहरीले किशोरहरुको कपडा र ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

उद्धार गरिएकी किशोरीले होलीको लागि सामान किनिदिन्छु भनी फकाएर जंगलमा लगेको र पालैपालो तिनै जनाले जबरजस्तीकरणी गरेको बताएकी छन्। किशोरीको चन्द्रपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको र अपरिचित तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी गराएका छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad