coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकीछन्।

राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित थिए।  

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगादिए। राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइदिएकी थिइन्।

साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिइन्। राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ । रासस
 

 

प्रकाशित: २५ आश्विन २०७३ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App