७ वैशाख २०८१ शुक्रबार
अर्थ

ओपो एफ नाइनको मूल्य घट्यो

काठमाडौं – स्मार्टफोन ब्राण्ड ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफ नाइनको मूल्य समायोजनको घोषणा गरेको छ। मुल्य समायोजन पश्चात ओपो एफनाइनको मूल्य नेपाली बजारमा रु ३७ हजार ९ सय ९० मा पाइने भएको हो।

सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको एपोको पहिलो ह्याण्डसेट भएको कम्पनीले जनाएको छ। फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ भने यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिने गरेको छ।

ओपो एफनाइन (४ जीबी)  हालैको मूल्य समायोजन पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको  थियो। नयाँ मूल्य सन् २०१९को मार्च १ देखि लागू भइसकेको ओपोले जनाएको छ। ग्राहकलाई गुणस्तरिय सेवा उचित मुल्यमा प्रदान गर्ने उद्देश्यले मुल्य समायोजन गरिएको ओपोले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App