coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लामखुट्टे धपाउन बालिएको आगोले तीन घर खरानी

सर्लाही - लामखुट्टे धपाउन बालिएको घुरको आगो सल्केर पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित ३ वटा घर खरानी भएको छ । 

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित लखन्देही पुल नजिक बस्तीमा बुधबार राति भएको आगलागीबाट ३ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको हो। स्थानीय फिरोज मियाँ, इस्लामिँया मादरी र साउसेन मियाँको कच्ची घर जलेर खरानी भएको प्रहरीले जनाएको छ। 

बाख्राको गोठ नजिक लामखुट्टे धपाउन बालिएको घुरबाट घरमा आगो सल्किएको हो। घरभित्र राखिएका सुनचाँदी, नगद, कपडा, भाँडा, खाद्यान्नलगायत धनमाल जलेर पूर्ण रुपले नष्ट हुँदा सात लाख बराबरको क्षति भएको पीडित परिवारले गुनासो गरेका छन्।

आगोमा परेर केही कुखुरा र बाख्रापाठा समेत जलेका छन्। सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिका कार्यालयबाट आएको दमकलबाट आगो नियन्त्रणमा लिइएकाले थप ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।

तीन दिनअघि मात्रै सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा लामखुट्टे धपाउन बालिएको घुरको आगो सल्किएर २ वटा घर खरानी भएका थिए । केही चौपायासमेत मरेका थिए। मधेशमा लामखुट्टे भगाउन घर गोठ छेउमा घुर बाल्ने प्रचलन व्यापक रहेको र सोही घुरको आगो सल्किएर बर्सेनि दर्जनौं घरगोठ खरानी हुने गरेका छन्। 

प्रकाशित: २३ फाल्गुन २०७५ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App