coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

खोटाङमा सम्झिए रवीन्द्र अधिकारी

खोटाङ– खोटाङका नेकपा नेता तथा कार्यकर्ताले हेलीकोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएका छन्। नेकपा (पूर्वएमाले) को पार्टी कार्यालयमा बिहिबार श्रद्धाञ्जलीसभा गरेर नेकपाले ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको सम्झना गरेका हुन्। कार्यक्रमका अधिकांश वक्ताले मन्त्री अधिकारीको व्यक्तित्व, क्षमता र योगदानको विषयमा चर्चा गरेका छन्। नेकपाले मन्त्री अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जलीसभा गरेको हो।

श्रद्धाञ्जलीसभामा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रवीन्द्र अधिकारीलाई जस्तोसुकै जिम्मेवारीलाई कुशलतापूर्वक निभाउन सक्ने क्षमता भएको नेताकारुपमा सम्झना गरे। ‘रवीन्द्र अधिकारीलाई म राम्ररी चिन्छु, अखिलमा सँगै काम गरेका थियौँ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘पार्टी फुट्दा हामी अलग भएका थियौँ, योगेश भट्टराई र उहाँले मलाई आफ्नो टिममा लैजान जोड पनि गर्नुभएको थियो। उहाँको निधनले प्रधानमन्त्री हुने क्षमता भएका नेता गुमाएका छौँ।’ प्रतिनिधिसभा सदस्य भट्टराईले वाईडबडी विमान खरिदमा अधिकारीको संलग्नता नरहेको दाबी गरे। ‘वाईडवडी काण्डमा उहाँ निर्दोष हुनुहुन्छ,’ भट्टराईले भने, ‘भुक्तानी दिनेबेला अख्तियार वा महालेखा परीक्षकलाई सोधेका भए अथवा अहिले विवादित भएकोले भुक्तानी दिन सकिन्न भनेर होल्ड गरेको भए उहाँको नाम मुछिने थिएन।’

यस्तै, पुर्वसभासद दुर्गाजयन्ती राईले देश र जनताको उत्थानमा चिन्तित रहने नेताकारुपमा रवीन्द्रलाई चित्रण गरेकी छन्। ‘उहाँसँग संविधान बनाउनेक्रममा सँगै काम गरेका थियौँ,’ राईले भनिन्, ‘उहाँ सँधै देश र जनताप्रति उत्तरदायी हुनुहुन्थ्यो। देश र जनताको उत्थानमा चिन्तित देखिनुहुन्थ्यो।’ कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य ध्रुव बुढाथोकी, कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य लगायतले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको योगदानको विषयमा चर्चा गरेका छन्। कार्यक्रम नेकपाका नेता बबी चामलीङको सभापतित्वमा भएको थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App