नेपालको पर्यटनका प्रमुख पाँच स्रोतबजार

बिहिबार, २३ फागुन २०७५, १४ : २४ सूर्य थपलिया

नेपालले सन् २०१८ मा हालसम्मकै उच्च पर्यटक आगमन रेकर्ड राख्यो । ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिए । पर्यटन क्षेत्रका लागि यो सुखद अवस्था रह्यो । कुल पर्यटक आगमनमा लगभग ५० प्रतिशतकै हाराहारीमा ५ लाख ७९ हजार ५२१ पर्यटक प्रमुख पाँच स्रोतबजारबाट मात्र आएको देखिन्छ । यो लेखमा ती पाँच स्रोतबजारबाट हाम्रै छिमेकी गन्तव्य भारत र श्रीलंका आउने पर्यटकको संख्या कस्तो रहेको छ र ती स्रोतबजारको बाह्य पर्यटनको विस्तार के–कस्तो रहेको छ, सोबारेमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

सन २०१८ को पर्यटक आगमनका आधारमा नेपालका लागि संयुक्त अधिराज्य पाँचौं प्रमुख स्रोतबजार हो । सन् २०१७ मा संयुक्त अधिराज्य (युके) का नागरिकले सात करोड २८ लाखपटक विदेश भ्रमण गरे । यो संख्या सन् २०१६ को भन्दा ३ प्रतिशतले बढ्यो । सन २०१२ को आधारमा यो २९ प्रतिशतले वृद्धि भएको हो । ८० प्रतिशत भ्रमण युरोपियन देशमा, उत्तर अमेरिकामा ५ प्रतिशत र बाँकी विश्वमा १५ प्रतिशत भ्रमण भएको तथ्याकंले देखाउँछ । यो अवधिमा युकेका नागरिकले लगभग ४५ अर्ब पाउन्ड खर्च गरे । औसत १०.२ दिनको बसाई अवधि रह्यो र औसत खर्च ६ सय १६ पाउन्ड रह्यो । युकेका नागरिकका लागि स्पेन पहिलो रोजाइ रहेछ । करिब एक करोड ६० लाख भ्रमण अर्थात् २२ प्रतिशत भ्रमण त स्पेनमा मात्र देखिन्छ । दोस्रो रोजाइ फ्रान्स, ८९ लाख भ्रमण अर्थात् १२ प्रतिशत भ्रमण । भौगोलिकताका आधारमा यो स्वाभाविक देखिन्छ ।

सांस्कृतिक, सामाजिक, आर्थिक र भौगोलिक कारणले पनि भारत सदैव नेपाली पर्यटनको प्रमुख बजार नै रहनेछ । नेपालको पर्यटनको क्षेत्रीय विकासका लागि सीमावर्ती सहरहरूको पर्यटनको अवस्थाको स्तरोन्नति हुन जरुरी छ ।

 

सन् २०१६ मा ९ लाख ४१ हजार ८ सय ८३ पर्यटक संयुक्त अधिराज्यबाट भारत घुम्न आएको देखिन्छ । सोही अवधिमा नेपालमा ४६ हजार २ सय ९५ बेलायती पर्यटक आए । सन् २०१७ मा ९ लाख ८६ हजार २ सय ९६ पर्यटक संयुक्त अधिराज्यबाट भारत घुम्न आए भने नेपालमा सन् २०१७ मा जम्मा ५४ हजार ५ सय ६४ र सन् २०१८ मा ६३ हजार ८६ पर्यटक सो मुलुकबाट भित्रिए । सन् २०१६ र २०१७ मा श्रीलंकामा त्रमशः १ लाख ८८ हजार १ सय ५९ र २ लाख १ हजार ८ सय ७९ पर्यटक संयुक्त अधिराज्यबाट भित्रिएका छन । नेपाल, भारत र श्रीलंकामा संयुक्त अधिराज्यबाट आएका पर्यटकको तुलनात्मक विश्लेषण गर्ने हो भने उपलब्धि सन्तोषजनक होइन । तर, यो अन्तरमा हवाई पहँुच र पछिल्लो वर्षहरूमा भारत र श्रीलंकाले स्रोतबजारमा गरेको आक्रामक र खर्चिलो बजार प्रवद्र्धन पनि मुख्य कारण हो । मुलुकको बढ्दो व्यापार विस्तार पनि जिम्मेवार कारण हुन्छ । सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकले श्रीलंका भ्रमण गरे । सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरे ।

सन् २०१८ मा ७० हजार ६ सय १० जना श्रीलंकाली पर्यटक नेपाल आएको तथ्यांक छ । यो संख्या सन् २०१७ मा ४५ हजार ३ सय ६१ र सन् २०१६ मा ५७ हजार ५ सय २१ रहेको छ । सन् २०१७ मा ३ लाख ३ हजार ५ सय ९० जना श्रीलंकाली पर्यटक भारत आएको तथ्यांक छ । यो संख्या सन् २०१६ मा २ लाख ९७ हजार ४ सय १८ थियो । यो सामान्य वृद्धि हो । तर, बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको श्रीलकांबाट नेपाल आउने पर्यटकको संख्याको तुलनात्मक अवस्थाचाहिँ चासोको विषय हुनुपर्छ ।

सन् २०१६ मा ८ करोड अमेरिकी नागरिकले बाह्य मुलुक भ्रमण गरे । मेक्सिको पहिलो गन्तव्य रह्यो । ३ करोडभन्दा बढी अमेरिकी पर्यटकले मेक्सिको भ्रमण गरे । करिब १ करोड ४० लाख अमेरिकी क्यानडा घुम्न गए । १३ लाख ७६ हजार ९ सय १९ अमेरिकी सन् २०१७ मा भारत आएको देखिन्छ । यो संख्या सन् २०१६ मा १२ लाख ९६ हजार ९ सय ३९ रह्यो । सन् २०१७ मा ५७ हजार ४ सय ७९ जना अमेरिकी पर्यटक श्रीलंका आए भने यो संख्या सन् २०१६ मा ५४ हजार २ सय ५४ रहेको छ । सन् २०१७ मा नेपालमा ७९ हजार १ सय ४६, सन् २०१८ मा ९१ हजार ७ सय ८५ अमेरिकी पर्यटकको आगमन रह्यो । यो संख्या सन् २०१६ मा ५३ हजार ६ सय ४५ थियो ।

अमेरिकी बजारमा नेपालको आकर्षण श्रीलंकाभन्दा उत्तम रहेको तथ्यांकले देखाउँछ । यद्यपि, करिब १३ लाखको संख्यामा भारत भ्रमणमा आउने अमेरिकी पर्यटकको ५ देखि ७ प्रतिशत मात्र नेपाल भ्रमणमा आउने तथ्यांकले अझ धेरै गृहकार्य गर्नुपर्ने खाँचो देखाउँछ । अमेरिकाको बाह्य पर्यटनको औसत वृद्धि ८ देखि १० प्रतिशत रहेकाले नेपाल आउने अमेरिकीको संख्यामा ओसतमा निरन्तरको वृद्धि रहने अनुमान गर्न सकिन्छ ।

यहाँ एउटा रोचक तथ्यांक हेरौं, नेपालको सीमावर्ती भारतीय राज्यहरूमा सन् २०१७ मा भारत आएका विदेशी पर्यटकमध्ये उत्तर प्रदेशमा ३५ लाख ५६ हजार २ सय ४ जना, पश्चिम बंगालमा १५ लाख ७४ हजार ९ सय १५ जना र बिहारमा १० लाख ८२ हजार ७ सय ५ जना पर्यटक घुम्न आएका छन् । यी तीन राज्य घुम्न आएका पर्यटकको संख्या मात्र ६२ लाख १३ हजार ८ सय २४ हुन्छ । नेपालमा सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक आगमन रह्यो । अर्थात् यी तीन भारतीय राज्यको आगमनको १५ प्रतिशत । सीमावर्ती भारतीय राज्यहरूमा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको अवस्थाका लागि यो पर्याप्त आधार हुन सक्छ । 

नेपालका लागि दोस्रो प्रमुख बजार चीनको बाह्य पर्यटनको अवस्था हेरौं । सन् २०१७ मा १३ करोड चिनियाँ पर्यटक संसार घुम्न निस्किए । यो संख्या सन् २०१६ को १२ करोड बाह्य पर्यटकभन्दा करिब ७ प्रतिशतले बढ्यो । सन् २०१६ मा चिनियाँ पर्यटकले २ खर्ब ६१ अर्ब अमेरिकी डलर खर्च गरे । चीनका पर्यटकका लागि प्रमुख गन्तव्य हङकङ, मकाओ र थाइल्यान्ड रहेको छ । नेपालका लागि भारत र अर्को प्रतिद्वन्द्वी गन्तव्य श्रीलकांमा चिनियाँ पर्यटकको आगमन कस्तो छ भन्ने हो ।

सन् २०१६ मा भारतमा २ लाख ५१ हजार ३ सय १३ पर्यटक चीनबाट आएको देखिन्छ । यो संख्या सन् २०१७ मा २ लाख ५३ हजार १ सय २८ पुग्यो । सन् २०१६ मा २ लाख ७१ हजार ५ सय ७७ र सन् २०१७ मा २ लाख ६८ हजार ९ सय ५२ जना चिनियाँ पर्यटकले श्रीलंका भ्रमण गरे । सन् २०१६ मा १ लाख ४ हजार ५, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६४ र सन् २०१८ मा १ लाख ५३ हजार ६ सय २ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ । यो संख्या हेर्दा चिनियाँ बजारमा अझ आक्रामक हुनुपर्ने देखिन्छ । औसत ८ प्रतिशतले विस्तार भइरहेको चीनको बाह्य पर्यटन बजारको उचित लाभ लिन सके करिब २ लाख चिनियाँ पर्यटक नेपालले वार्षिक रूपमा स्वागत गर्न पाउने अवस्था छ ।

प्रमुख बजार भारतको अवस्था तथ्यांकभन्दा बाहिर छ । खुला सिमानाका कारणले सतह मार्ग भएर नेपाल प्रवेश गर्ने भारतीय पर्यटकको यकिन तथ्यांक भन्न सकिने अवस्था छैन । पर्यटन मन्त्रालयले सन् २०१७ मा करिब १२ लाख भारतीय पर्यटक सतह मार्गबाट नेपाल प्रवेश गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसका आधारमा सन २०१७ मा १३ लाख ६० हजार भारतीय पर्यटक नेपाल घुम्न आएको ठहर गर्न सकिन्छ । सन २०१७ मा १ लाख ६० हजार २ सय ६८ र सन् २०१८ मा २ लाख ४ सय ३८ भारतीय पर्यटक हवाईमार्ग भएर नेपाल प्रवेश गरे । रमाइलो प्रसंग के छ भने नेपाल भारतका लागि १३औं स्रोतबजार रहेको छ । सन् २०१७ मा करिब १ लाख ६० हजार नेपाली पर्यटक हवाईमार्ग भएर भारत प्रवेश गरेको तथ्यांक छ ।

सांस्कृतिक, सामाजिक, आर्थिक र भौगोलिक कारणले पनि भारत सदैव नेपाली पर्यटनको प्रमुख बजार नै रहनेछ । नेपालको पर्यटनको क्षेत्रीय विकासका लागि सीमावर्ती सहरहरूको पर्यटनको अवस्थाको स्तरोन्नति हुन जरुरी छ । जस्तो– नेपालमा काठमाडौंबाहेक पनि अन्तर सहरी हवाई सम्पर्क स्थापित हुन सकेको अवस्थामा र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सके माथि उल्लेख भएको भारतीय सीमाका राज्यमा घुम्न आएका ६२ लाख पर्यटकलाई नेपाल भिœयाउन सहज हुनेछ ।

नेपालको पर्यटक आगमनको करिब आधा हिस्सा ओगट्ने प्रमुख पाँच स्रोतबजारको बाह्य पर्यटनको वृद्धि औसत ८ देखि १० प्रतिशत रहेको अवस्थामा आगामी तीन वर्षसम्म हालको आगमनमा १० प्रतिशतको वृद्धि रहन सक्छ । यद्यपि, सन् २०२० को भ्रमण वर्षका लागि सतहमा नदेखिएका प्रशस्त चुनौती छन् ।

प्रबन्धक, नेपाल पर्यटन बोर्ड







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad