गाउँमा प्रहरीको छापा, विप्लवका नेतामाथि गोली प्रहार

बिहिबार, २३ फागुन २०७५, १२ : ५९ किरणमान बज्राचार्य

कपिलवस्तु - कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ। शिवराज नगरपालिका– ९ स्थित शिवगढीको तुरन्तपुरमा बिहीबार बिहान प्रहरीको टाेलीले छापा हानेर विप्लव नेता दुर्गा बहादुर रोकाको घरबाट पेस्तोलसहित अत्याधुनिक हतियार बरामद गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले एसएमजी सर्ट मेशिन गन २ थान र चाइनिज पेस्तोल एक थानसहित अत्याधुनिक हतियार बरामद गरेको प्रहरी उपरीक्षक(एसपी) अच्युतम पुडासैनीले बताए। उनका अनुसार प्रहरीले एसएमजी दुई नाल , त्यसमा लाग्ने म्यागजीन ३ ओटा , ६८ राउण्ड गोली चाईनीज पेस्तोल एक थान त्यसमा लाग्ने म्यागजीन २ ओटा  र एमसिक्सटीन हतियारको १ सय २९ राउण्ड गोली गरी २ सय २ थान गोली बरामद भएको छ। यस्तै,वायरिङ तार ४० मिटर र रिमोट एकथान बरामद गरेको प्रहरीले बताएको छ।

प्रहरीले छापा हान्न्ने क्रममा रोका भाग्न लाग्दा प्रहरीेले उनीमाथी गोली समेत प्रहार गरेको सुरक्षा श्रोतको भनाई छ। रोकाकाे खुट्टामा गोली लागेको र उनी समान्य घाइते भएका छन्। उनको बुटवलमा उपचार भइरहेको बताइएको छ। स्थानीय अनुसार प्रहरीले शिवगढीको तुरुन्तपुर ,भगवानपुर लगायतका स्थानमा छापा मारेको छ। बिप्लवका भान्जा यादव चन्दको घरमा  प्रहरीले छापा हान्दा स्थानीयले प्रतिकार गरेपछि केही  बेर स्थिति तनावग्रस्त बनेको थियो। अहिले भने स्थिती सामान्य रहेको छ।

नेपाल राष्ट्रिय आधारभुत विधालयका प्राध्यानाध्यापक समेत रहेका चन्दको घरमा छापा मार्दा विधार्थी र स्थानीयवासीले प्रहरीलाई अवरोध पु-याएका थिए। स्थानीयको अवरोधका बीच प्रहरीले चन्दको घरमा भने छापा मार्न सकेन्। चन्दले प्रहरीले विना पुर्जी छापा मार्न खोजेकाले विवाद भएको बताएका छन्।  स्थानीयले पक्राउ परेका रोका निर्दोष रहेको , प्रहरीले अनाहकमा फसाउने काम गरेको भन्दै रिहाईको माग गर्दै प्रर्दशन समेत गरेका छन्। शिवगढी नेत्र बिक्रम चन्द र उनका दाई चन्द्र बहादुर चन्द्रको गाउ हो। माओबदी सशस्त्र युद्धकालनि समयमा शिवगढीलाइ सानो रोल्पाकारुपमा मानिन्थ्यो। शिवगढीमा बिप्लवका सबैभन्दा बढी कार्यकर्ताहरु रहेको सुरक्षा श्रोतको भनाई छ। शिवगढी क्षेत्रमा ब्यापक प्रहरी पचिालन गरिएको एसपी पुडासैनीले बताए। एनसेलको टावरमा देश ब्यापीरुपमा आगजनी गरिएपछि गृह मन्त्रालयको आदेशमा छापा मारिएको सुरक्षा श्रोतले जनाएको छ।







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad