विज्ञान

प्रेमविज्ञान

बिहिबार, २३ फागुन २०७५, १२ : ३५ प्रकाश जंग थापा

प्रेम के हो ? परिभाषा दिनु त्यति उपयुक्त नहोला। यो त अनुभूत गर्ने विषय हो न कि व्याख्या। यस विषयमा जानकारी नराख्ने, आकर्षित नहुने को होला र ! के बच्चा, के तन्नेरी, के बुढा सबैलाई  प्रेम चाहिन्छ। सबै प्रेम अनुभूत गर्न चाहन्छन्, व्यक्त गर्न चाहन्छन्। उनीहरुको प्रेम व्यक्त गर्ने वा अनुभूत गर्ने तरिका फरक हुन आउँछ।

प्रेम सम्बन्धले कुनै पनि व्यक्तिको स्वास्थ्य स्थिति, रोगसँग लड्ने क्षमता, आर्थिक अवस्था, औसत आयु बढाउन महत्वपूर्ण भूमिका खेल्छ। यति मात्र होइन बालबालिकालाई सफल जीवन जिउन मद्दत मिल्छ। उसो भए के सबैलाई प्रेममा सफलता मिलेको छ ? मान्छे प्रेमका लागि गीत गाउँछन्। विभिन्न स्टाइलमा नाच्छन्। कतिले त उपन्यास लेख्ने, कविता लेख्ने, नाटक लेख्नेदेखि चित्र बनाउनेसम्म गर्छन्।

त्यसैगरी कति त झन् प्रेम पाउनकै लागि झगडा गर्छन्। कसैको ज्यान लिन र दिन पछि पर्दैनन्। यतिसम्म गर्दा पनि प्रेम असफल हुन पुग्छ। जसलाई औधी प्रेम गर्छौँ उसले वास्ता गर्दैन। प्रेम अस्विकृत हुन्छ। जसले हामीलाई औधी प्रेम गर्छ उसको हामी वास्ता गर्दैनौँ। ठाडै अस्विकृत गरिदिन्छौँ। आखिर किन यस्तो ? यहाँ कुनै व्यक्ति विशेषको कमजोरी आंैल्याउनुभन्दा पनि मस्तिष्क प्रणाली कसरी सक्रिय छ भन्ने कुरामा केन्द्रित हुनु बुद्धिमानी ठहरिन्छ जुन अध्ययनले पनि देखाएको छ। मानवीय तीन मस्तिष्क सिस्टम (प्रणाली) छन्न् सेक्स ड्राइभ, रोमान्टिक आकर्षण र संलग्नता।

यी प्रणाली कनेक्टेड छैनन्। मेल हार्मोन टेस्टेस्टेरोन उत्पादन हुन्छ, सेक्स ड्राइभ बढ्छ। डोपामाइन र सेरेटोनिन उत्पादन हुन्छ, रोमान्टिक आकर्षण बढ्छ। अक्सिटोसिन उत्पादन हुन्छ, संलग्नता बढ्छ। यही कारण मान्छेको मस्तिष्क परिवर्तन भइरहेको हुन्छ। यसले प्रेमलाई नकारात्मक असर गर्छ। मानौँ एक व्यक्ति कसैको गहिरो प्रेममा छ। त्यस व्यक्ति आफ्नो प्रेमिका सँग सधैँ संलग्न रहन सक्दैन। सधैँ रोमान्टिक रुपमा प्रस्तुत हुन सक्दैन। सधैँ उनीप्रति उच्च सेक्स ड्राइभ हुन्छ भन्ने हुँदैन। मस्तिष्क न हो ! कुनै पनि बेला फेरिन सक्छ। एक अर्कामा जतिसुकै  विश्वास होस्।

जतिसुकै भावनात्मक रुपमा जोडिएका होऊन्, यदि कुनै आकर्षक महिला देखिन्छ भने पुरुष लोभिन्छ नै। यो महिलामा पनि लागू हुन्छ। आफ्नो प्रेमीसँग जति धेरै रोमान्टिक सम्बन्ध राखे पनि अरु पुरुषप्रति शारीरिक सम्बन्ध राख्ने चाहना उत्पन्न नहोला भन्न सकिन्न। जसकारण प्रेममा एक अर्कालाई धोका भएको महसुस हुन्छ। अन्ततः प्रेम धमिलो हुन पुग्छ। मन अमिलो हुन्छ।

प्रेमको संकेत 

‘म तिमीलाई प्रेम गर्छु। बिहे गर्न चाहन्छु। बाँकी जीवन सँगै जिउन चाहन्छु।’ यो भन्न सजिलो छ। मौखिक नसके पनि सोसल मिडियाको सहायताले भन्न कुनै गाह्रो भएन। महत्वपूर्ण पक्ष त यो भनाइमा कत्तिको सच्चाइन्छ भन्ने हो। कसरी एउटी महिला र पुरुष साँचो प्रेममा भएको कुरा थाहा पाउने ? के–के संकेत हुन सक्छन् ? यसका लागि मस्तिष्कले कस्तो प्रतिक्रिया जनाउँछ त्यो हेर्न सकिन्छ।

मस्तिष्कमा रिलिज हुने हार्मोनको घटबढले प्रेम भएको र नभएको पुष्टि गर्छ। एक अध्ययनले महिला प्रेममा हुँदा अक्सिटोसिन र डोपामाइनको मात्रा बढ्ने देखाएको छ। सो अध्ययनले डेटिङ जाँदा, उत्साहित हुँदा महिलामा डोपामाइनको मात्रा बढ्ने देखाएको थियो। त्यसैगरी चुम्बन गर्दा, शारीरिक घनिष्ठता बढाउँदा, क्वालिटी समय बिताउँदा भने अक्सिटोसिनको मात्रा बढ्ने देखाएको थियो। सम्भोगको उत्कर्षमा हुँदा अक्सिटोसिनको मात्रा उच्च रहन्छ। अक्सिटोसिन लभ हार्मोन हो। यसले आत्मियता र विश्वासको स्तर बढाउँछ। त्यसकारण प्रायः महिलाहरु सेक्सलाई प्रेम ठान्छन्। पुरुषको हकमा भने यो कुरा लागू नहुने अध्ययनले देखाएको छ।

कुनै पनि पुरुष प्रेममा हुँदा टेस्टेस्टेरोन, भासोप्रेसिन र डोपामाइनको मात्रा बढ्ने देखाएको छ। टेस्टेस्टेरोन हर्मोनले अक्सिटोसिनको प्रभाव कम गरिदिन्छ। पुरुष यौन उत्तेजनामा हुँदा भासोप्रेसिनको मात्रा बढेर जान्छ। तर यौन सम्पर्क पछि भने त्यसको मात्रा घटेर जान्छ। हार्वर्ड युनिभर्सिटीले विवाहित, अविवाहित र सम्बन्धप्रति प्रतिबद्ध समूहमा एउटा अध्ययन सञ्चालन गरेको थियो।

सो अध्ययनमा टेस्टेस्टेरोन हार्मोनको लेभल परीक्षण गरिएको थियो। विवाहित व्यक्तिको टेस्टेस्टेरोन लेभल कम र अविवाहितको उच्च पाइएको थियो। अध्ययनमा बिहे गरेपछि टेस्टेस्टेरोन कम भएको होइन कि बिहेका लागि वा सम्बन्धका लागि प्रतिबद्ध भएपछि कम भएको हो भन्ने पुष्टि गरियो। अध्ययनको निष्कर्ष थियो (जब महिला सेक्समा संलग्न हुन्छिन्, प्रेम भएको अनुभूत गर्छिन्। जब पुरुषले प्रतिबद्धता जनाउँछ ऊ प्रेममा छ भन्ने बुझ्नु पर्छ।)

प्रेमको भविष्यवाणी

मानवशास्त्री जोनगटम्यानर रोवर्टलेभेनशनले ‘लभल्याव’ निर्माण गरेका थिए। उनीहरु दुवै प्रेममा असफल भएका थिए। उनीहरुको उद्देश्य प्रेमविज्ञानसम्बन्धी अध्ययन गर्नु थियो। सो अध्ययनमार्फत उनीहरु कुनै पनि जोडीको प्रेमजीवन कस्तो हुन्छ त्यसको भविष्यवाणी गर्नसक्थे। उनीहरुको सक्सेसरेट ९० प्रतिशत थियो। प्रेमजीवन असफलताको सूचक निम्न छन्। सूचक एक, सकारात्मक र नकारात्मक भावनाको अनुपात झगडाको बेलामा एक दुःखी जोडीको सकारात्मक र नकारात्मक भावनाको अनुपात ०.८ :१ हुन्छ। तर खुसी जोडीको भने ५ः१ हुन्छ।

सूचक दुई, जोडीबीच हुने संवाद एवं अन्तक्र्रियाको ढाँचा। उनीहरु एकअर्कालाई कत्तिको सुन्न चाहन्छन् ? रुखोस्वरमा बोल्छन् कि नरम ? संवाद कौशलले कुनै पनि सम्बन्ध मजबुत हुने वा टुट्ने त्यसको निक्र्याेल गर्छ।  सूचक तीन, नेगेटिभ अब शोषित अवस्था। दुखी जोडीलाई नकारात्मक भावनाले सजिलै प्रभाव पार्छ। यति मात्र होइन उनीहरु नकारात्मक भावनाबाट सजिलै मुक्त हुन सक्दैनन्। उदाहरणको निम्ति एकपटक रिसले आगो भएको जोडी सामान्य अवस्थामा आउन निकै समय लाग्छ। अन्ततः यस्ता जोडी अलग हुन्छन्।

एक विशेषव्यक्ति

धेरै मान्छेहरु भेटिन्छन्। संगत गरिन्छ। समय बिताइन्छ। यद्यपि सबैसँग प्रेम बस्दैन। निश्चित व्यक्तिसँग मात्र भावना साटिन्छ। मनको कुरा गरिन्छ । केवल एक मात्र यस्तो हुन्छ जसका लागि मर्न तयार हुन्छौँ। जसका लागि हरक्षण उपलब्ध हुन्छौँ। जसको सामुन्ने हुँदा खुसी प्राप्त हुन्छ। जोसँग सुखदुःख साट्न चाहन्छौँ। समानशिक्षा, बुद्धिमता, आर्थिक अवस्था, सुन्दरता, सामाजिक पृष्ठभूमि, साथै एउटै लक्ष्य होला ! र, पनि हामी एउटालाई विशेष ठान्छौँ। उसैसँग प्रेमको प्रस्ताव राख्छौँ। किन अरुलाई बेवास्ता गरिदिन्छौँ ? यसलाई मानवशास्त्री हेलेनफिसरको अध्ययनबाट प्रस्ट पार्न सकिन्छ।

उनको अध्ययनले मस्तिष्क र व्यक्तित्वबीच पारस्परिक सम्बन्ध भएको देखाएको छ। मस्तिष्कमा कुन हर्मोन अत्यधिक रिलिज हुन्छ त्यसको आधारमा मानव व्यक्तित्व चार प्रकारका छन्। एक, एक्सप्लोरर (अन्वेषक)। यस व्यक्तित्वका मानिसको मस्तिष्कले अत्यधिक डोपामाइनरिलिज गर्छ। उनीहरु आशावादी, खुलाहृदयका, स्वतन्त्र, नयाँ आइडिया जेनेरेट गर्ने, ऊर्जावान्, कहिल्यै हार नमान्नेलगायत घुम्न मन पराउने खालका हुन्छन्। रिचर्डब्रान्सन पर्फेक्ट उदाहरण हुन्। दुई, बिल्डर (निर्माता)। यस व्यक्तित्वका मानिसको मस्तिष्कले सेरेटोनिन रिलिज गर्छ। उनीहरु सामाजिक, आदर गर्ने, लगनशील, पारम्परिक, संरचित, विस्तृतउन्मुख, सावधानी अपनाउने साथै सन्तुलित स्वभावका हुन्छन्। मिटरोम्नी पर्फेक्ट उदाहरण हुन्। 

तीन, डाइरेक्टर (निर्देशक)। यस व्यक्तित्वका मानिसको मस्तिष्कले अत्यधिक टेस्टेस्टेरोन रिलिज गर्छ। उनीहरु निर्णायक, आक्रामक, प्रतिस्पर्धी, तार्किक, प्रयोगात्मकका साथै कठिन दिमागका हुन्छन्। स्टिभजब्स पर्फेक्ट उदाहरण हुन्। चार, नेगोसिएटर (वार्ताकार)। यस व्यक्तित्वका मानिसको मस्तिष्कले अत्यधिक अक्सिटोसिन रिलिज गर्छ। उनीहरुकल्पनाशील, दीर्घकालीन एवं वेबसोचाइ राख्ने, सहानुभूति राख्ने, सहजज्ञानयुक्त, ठूला चित्रमा हेर्ने, समग्र बुझाइ राख्ने, भाषिक कला भएको साथै भरोसा गर्न लायक हुन्छन्। बिलक्लिन्टन पर्फेक्ट उदाहरण हुन्। व्यक्तित्व मान्छेपिच्छे फरक पर्छ। हरेक मान्छे आफ्नो व्यक्तित्वसँग मेल खानेको खोजीमा रहन्छ। जोसँग व्यक्तित्व मिल्छ उसैसँग नजिकहुन्छ। व्यक्तित्व मेल नखानेसँग सम्पर्क गर्न बन्द गरिदिन्छ। अनि प्रेम बस्न समय लाग्दैन। फरक–फरक व्यक्तित्वका कारण सेलेक्टेडसँग मात्र प्रेम बस्न जान्छ।

सफल प्रेमका लागि

प्रेममा कोही ठगिन चाहँदैनन्। अस्विकृत ? उर्फ कसैले पचाउन सक्दैनन्। सबै सुखी प्रेम चाहन्छन्। सफल प्रेमको कामना गर्छन्। यद्यपि कयौँ प्रेम पलभरमै टुङ्गिन्छ। दुईचार चरणको डेटिङ गयो त्यसपछि आफ्नो बाटो लाग्यो। धेरै वर्ष प्रेम चलेको भए पनि त्यो सफल हुन्छ भन्न सकिँदैन। लेनदेनको कुरा आउँछ। जब हरहिसाब राखिन्छ, प्रेमको मृत्यु हुन्छ। घृणाले जन्म लिन्छ। भविष्यमा यस्तो परिस्थिति नआओस् भन्नका निम्ति के गर्ने ? आदर्शपार्टनर कसरी रोज्ने ? निम्न गाइडलाइन इमानदारीपूर्वक पालना गर्न सक्नुपर्छ।

(क) व्यक्तित्व म्याच गर्ने

पहिले त आफ्नो व्यक्तित्व चिन्न सक्नुपर्याे। आफू अन्वेषक हो कि ! निर्माता हो कि ! डाइरेक्टर हो कि ! अथवा वार्ताकार हो त्यसमा प्रष्ट हुनुपर्छ। त्यसपछि अरुको व्यक्तित्वका बारेमा जानकारी लिनुपर्ने हुन्छ। जोसँग व्यक्तित्व मेल खान्छ उसैसँग घुलमिल बढाउनुहोस्। त्यसपछि प्रेमको प्रसङ्ग सुरु गर्न सजिलो हुन्छ। कारण ?  एकअर्कालाई राम्रोसँग जान्न गाह्रो हुँदैन। व्यक्तित्व मिल्यो भन्दैमा प्रेम व्यक्त गर्न हतार पनि नगर्नोस्। साह्रै ढिलो पनि नगर्नोस्। यहाँ प्रतिस्पर्धी धेरै हुन्छन्। उपयुक्त समय कुर्नुपर्ने हुन्छ। व्यक्ति मनपरेको छ तर व्यक्तित्व मेल खाएन भने ? यस्तो अवस्थामा एक काम गर्न सकिन्छ। मनपरेको व्यक्तिमा रहेका केही व्यक्तित्व आफूमा विकास गर्नोस्। यसले आकर्षण बढाउँछ। प्रेमका लागि अवसर खोलिदिन्छ।

(ख) पर्याप्त समय दिने

मस्तिष्क इमेजिङ अध्ययनअनुसार आकर्षक तस्बिर हेर्दा न्युक्लियस एकम्वेन्स सक्रिय हुन्छ। जसकारण आनन्द महसुस गर्छौँ। अब त्यही तस्बिरलाई डिस्टोर्ट गरेर हेर्दा एमिग्डाला (प्रमस्तिष्कखण्ड) सक्रिय हुन्छ। जसकारण प्रतिकुल महसुस गर्छौँ। यदि डिस्टोर्ट गरेको तस्बिर लामो समय हेरियो भने के होला ? नकारात्मक भावना कम हुँदैजान्छ। तस्बिर सामान्य लाग्न थाल्छ। डिजिटल प्रविधिको सहायताले डिस्टोर्ट गरिएको तस्बिर पहिलेको अवस्थामा ल्याइयो भने ? अब त्यही तस्बिर अनौठो लाग्छ। यस अध्ययनअनुसार हामीलाई कुनै चिज मनपर्ने वा नपर्ने भन्ने कुरा अनावृत समयमा भरपर्छ। यदि कुनै कुरामा धेरै समय व्यतित गरेकाछौँ भने मन पर्न थाल्छ। त्यसैले कोही व्यक्तिलाई प्रभावित पार्नुछ भने ऊसँग धेरै समय बिताउनुहोस्। पर्याप्त समय दिने भन्दैमा जतिबेला पनि भेट्ने कोशिस गर्नु भन्ने अर्थ नलागोस्। अरुको समयलाई सम्मान गर्नोस्। प्रेम बस्न हरेक दिन भेट्न आवश्यक छैन। हप्ताको एक दिन पर्याप्त छ।

(ग) प्रतिबद्धता, विश्वास र शारीरिक शान्ति कायम राख्ने

जोनगटम्यानको रिसर्चले प्रेम सफल हुनका लागि प्रतिबद्धता, विश्वास र शारीरिक शान्ति आवश्यक रहेको पुष्टि गरेको छ। सो अध्ययनअनुसार शारीरिकरुपमा शान्त जोडी एकअर्काको कुरा सुन्ने र सहानुभूति राख्ने गर्छन्। अशान्त स्वभावका भने आक्रमक र डिफेन्सिफ हुन्छन्। विश्वासको सम्बन्ध राख्ने जोडीमा आत्मियता हुन्छ भने विश्वास गर्न नसक्नेमा एक्लोपना अधिकांश मानिसको एक्स्ट्रा मेरिटल अफेयर हुनुको प्रमुख कारण एक्लो पन हो। त्यसैगरी प्रतिबद्धताले लोयल्टी कायम राख्छ भने विश्वासघातले प्रेममा ब्रेकअप। त्यसैले जसलाई विश्वास गर्न सकिन्छ, जोसँग प्रतिबद्ध रहेर अगाडि बढ्न सकिन्छ र जसमा शारीरिक शान्ति कायम छ उसैलाई प्रेम गर्नोस्।

प्रेम गर्नु भनेको भविष्य रोज्नु पनि हो। तपाईंले प्रेम गर्नुभएको व्यक्ति कस्तो स्वभाव र आचरणको पर्छ ? त्यस कुराले तपाईंको भविष्य कस्तो हुने भन्ने निर्धारण गर्छ। प्रेमी र प्रेमिका असल पर्या ? जीवन स्वर्ग बन्छ। प्रेमी र प्रेमिका नराम्रो पर्याे ? जीवन नर्क बन्छ। केही रोचक तथ्य संसारमा १५ जना व्यक्तिले तपाईंलाई कुनै तरिकाले प्रेम व्यक्त गर्छन्। ५जना त झन् तपाईंलाई यति धेरै प्रेम गछन् कि मर्न पनि तयार हुन्छन्। यसबाट के बुझ्ने ? हरेक व्यक्तिका लागि पर्याप्त अप्सन छन्। तीनजनासँग प्रेम टुट्यो? चिन्ता नलिनू। तपाईंका लागि मर्न तयार हुने अझै दुईजना छन्। उपयुक्त व्यक्ति छनोट प्रक्रियामा जानुहोस्। यसको मतलब यो होइन कि भेटेका जतिलाई प्रेम व्यक्त गर्ने। त्यति धेरै हलुका पनि बन्नु हुँदैन। आफ्नो स्तर कायम राख्नुहोस्। हचुवामा प्रेम हुँदैन। ज्योतिष शास्त्रानुसार त झनै सम्भव छैन। संसार प्रेम गर्नका लागि एउटा वैज्ञानिक प्रयोगशाला हो। प्रेमविज्ञान अभ्यास गरेर हेर्नुहोस्। जीवन फरक हुनेछ, सफल हुनेछ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad