coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सोताङमा कृषि विकास बैंक

सोलुखुम्बु - सोलुखुम्बुको सोताङ गाँउपालिकामा कृषि विकास बैंकको शाखा उद्घाटन गरिएको छ । मंगलबार गाँउपालिका अध्यक्ष वीरबहादुर राईले उक्त शाखा उद्घाटन गरेका हुन् । राईले बैंक सञ्चालनमा आएपछि बैंकिङ वातावरण सहज हुने बताए । उनले बैंक सञ्चालनमा समस्या आए सहजीरकण गर्न स्थानीय तह तयार रहेको समेत बताए। 

अब स्थानीले बैंकिङ कारोबार गर्न सल्लेरी धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय स्तरका नागरिकमा बचत गर्ने बानीको विकासका साथै विकासका आयोजना कार्यान्वयनका लागि पनि थप सहज हुने अपेक्षा राखिएको छ । बैंकले जनमुखी सेवा प्रवाह गर्ने शाखा प्रबन्धक पेशलकुमार दाहालले बताए । 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App