coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा बस दुर्घटनामा सातको मृत्यु, २० घाइते

नयाँ दिल्ली - तीव्र गतिमा गुडको बस दुर्घटना हुँदा बुधबार भारतमा कम्तीमा सात जनाको मृत्यु भएको छ। भारतको राजस्थान राज्यमा भएको सो घटनामा परी अरू २० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।

राजस्थानको राजधानी जयपुरदेखि ३०१ किलोमिटर टाढा पर्ने पाली जिल्लाको कैनपुरा नजिकै दुर्घटना भएको बताइएको छ। “दुर्घटनामा परी घाइते भएका सबैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने।

घाइतेहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै ती प्रहरी अधिकारीले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृत्यु भएकामध्ये केही महिला पनि रहेको अधिकारीहरुले बताएका छन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको जनाएको छ।

भारतमा सवारी दुर्घटनाका घटना अत्यधिक धेरै हुने गरेका छन्। चालकको लापरवाही, सडक र सवारी साधनको पर्याप्त मर्मत नहुनुलगायतका कारणले बढी दुर्घटना हुने गरेको बताइएको छ। (रासस)

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App