८ वैशाख २०८१ शनिबार
अर्थ

एनआइसी एसिया क्यापिटलद्वारा दोस्रो वार्षिकोत्सवमा विशेष छुट

काठमाडौं - एनआइसी एसिया क्यापिटलले आफ्नो दोस्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकका लागिसेवा शुल्कमा विशेष छुटको योजना ल्याएको छ ।

सो सुविधा अन्तर्गत एनआइसी एसियाको डिम्याट खातामा फागुन २२ देखि चैत ६ गतेसम्म पूर्ण रुपमा निःशुल्क गरिएको र एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। कम्पनीले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवामार्फत लगानीकर्तालाई पुँजी बजारमा सबल तथा सुसूचित भई लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको जनाएको छ ।

डिम्याट खातासँगै एनआइसी एसिया क्यापिटलले पुँजी बजारमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्कासन तथा बिक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App