गर्मी मौसमका स्वास्थ्य समस्या

बिहिबार, २३ फागुन २०७५, १२ : १९ डा. सुमनराज ताम्राकार

यो पटक गर्मी मौसमको आगमन अलि छिटो हुन लागेको जस्तो छ। त्यसो त ग्लोबल वार्मिङको प्रभाव पनि हुनसक्छ। कारण जेसुकै भए पनि वातावरणीय तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको सहज वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोगहरु उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ। 

झाडाबान्ता, हैजा, औलो, टाइफाइड (म्यादे ज्वरो), आउँ, रगतमासी, हेपाटाइटिस, मेनिन्जाईटिस, कालाज्वरजस्ता सरुवा रोगहरुको महामारी फैलिन सक्छ। र, आँखाको तथा छालाको स्वास्थ्यमा पनि गडबढी हुन सक्छ।  

गर्मी मौसममा विशेष गरी संक्रामक (सरुवा) रोगहरु बढ्ता लाग्छ। दूषित खाना, पानी, फोहोर हात, भा“डाकु“डा, झि“गा, लामखुट्टे आदिको माध्यमबाट सरुवा रोगहरु रोगी (संक्रमित) व्यक्तिबाट निरोगी व्यक्तिमा सर्दछ। यस्ता खाले संक्रामक रोगहरु ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदिको कारणले लाग्दछ। टाइफाइड (म्यादे ज्वरो), रगत मासी, हैजा, घाउ, खटिरा ब्याक्टेरियाका कारण लाग्ने सरुवा रोगहरु हुन् भने दादुरा, मेनिन्गोइन्सेफ्लाइटिस, हेपाटाइटिस ए तथा फाट्टफुट्ट रुपमा सुख्खा मौसममा पनि रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण भाइरसका कारण हुने गर्दछ। 

औलो, कालाज्वर, आउ“जस्ता रोगहरु प्रोटोजोआको कारण लाग्ने सरुवा रोग हुन्। तराईको जस्तै उष्ण हावापानी भएका भित्री मधेस, टार, खोँचमा लामखुट्टेको टोकाइबाट औलो, इन्सेफ्लाइटिस तथा कालाज्वरजस्ता सरुवा रोगहरु पनि देखिन सक्छन्। गर्मीको कारण नजानिँदो तवरले शरीरबाट पसिना तथा जल र लवण पदार्थ नष्ट हुनाले आलस्य हुने, थकान महसुस हुने हुन्छ। गर्मी र आद्र्र मौसममा काखी गन्हाउने, मोजा गन्हाउने, शरीरका विभिन्न भागमा स–साना बिमिरा, डण्डीफोरलगायतका छालाका समस्या बढी आउँछ।

कीटजन्य सरुवा रोग
नेपाल जस्तै विश्वका विकासोन्मुख तथा एसियाली मुलुकहरुमा पनि धेरै थरिका कीटजन्य स्वास्थ्य समस्या अथवा सरुवा रोगहरु व्याप्त छ। कतिपय ठाउँमा वर्षैभरि यी संक्रमणहरु छन् भने गर्मी एवं वर्षात् मौसममा अन्यत्र पनि यदाकदा महामारीको रुपमा फैलिने गरेको छ। औलो, कालाज्वर, डेंगु, चिकन्गुन्या, स्क्रब टाइफसका केही उदाहरण हुन्। सुरक्षित वातावरण तथा स्वच्छ खानेपानी एवं सरसफाइका लागि पर्याप्त पानी उपलब्ध नहुने ठाउँका बासिन्दामा कीटजन्य सरुवा रोगहरुको प्रकोप बढी देखिने गरेको छ। कीटजन्य सरुवा रोगहरुमध्ये औलो सबभन्दा डरदाग्दो कीटजन्य स्वास्थ्य समस्या हो। 

वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय पर्यटनको बढोत्तरी, वातावरणीय चुनौतीमा भएको वृद्धि तथा ग्लोबल वार्मिङ (विश्वव्यापी मौसम परिवर्तन), अव्यवस्थित शहरीकरण तथा अस्वस्थ औद्योगिकीकरणको प्रभाव कीटजन्य सरुवा रोगको वृद्धिमा परेको देखिन्छ। यसैकारण पनि पहिले कीटजन्य सरुवा रोग नदेखिने ठाउँमा पनि यस्ता स्वास्थ्य समस्याहरु देखिन थालेको छ। ग्लोबल वार्मिङकै प्रभावले होला विगतमा तराईका जिल्लामा अधिकतम देखिने कालाज्वरको समस्या कतिपय पहाडी जिल्लामा पनि देखिन थालेको समाचार प्रकाशमा आएको छ।

लामखुट्टे, भुसुना, टिक्सले बढी जसो मानिस तथा जनावरमा यस्ता खाले सरुवा रोगहरु गराउँछन्। लामखुट्टेले औलो, डेंगुका साथै हात्तीपाइले, चिकन्गुन्या तथा ऐलो फिभर पनि गराउँछ। यस दिवसको अभियानको क्रममा व्यक्ति, परिवार तथा वरिपरिको वातावरणलाई कीटजन्य समस्याबाट कसरी बचाउने, यस्तै समस्या भएका मुलुकमा भ्रमण गर्ने पर्यटकहरुमा पुग्न सक्ने जोखिम कसरी न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ। 

गर्मी मौसममा झाडाबान्ता, हैजा, औलो, टाईफाईड (म्यादे ज्वरो), आउँ, रगत मासी, हेपाटाइटिस, मेनिन्जाईटिस, कालाज्वरजस्ता सरुवा रोगहरुको महामारी पैmलिन सक्छ। हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा पनि बढी असर गर्छ। गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ।

खानाजन्य सरुवा रोग
विभिन्न खाले किटाणु,  परजीवी, रासायनिक पदार्थको लसपसका कारण खाना दूषित भई मानव जीवनमा प्रतिकूल प्रभाव पार्न सक्छ। प्रदूषित खाना वा पानीबाट लाग्ने झाडापखालाले मात्र वर्षेनी १५ लाख मानिसको मृत्यु भैरहेको छ। आजकालको खाद्य आपूर्ति पनि विषम एवं जटिल खालको छ। विभिन्न चरणमा खाना प्रदूषित हुन सक्छ। खाद्य पदार्थको उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण, वितरण, तयारी तथा ग्रहणमा गएको आधा दशक व्यापक परिवर्तन आएको छ। प्रदूषित खानाकै कारण विश्वको एक कुनाबाट अर्को कुनामा संक्रमण पुग्न सक्छ। 

विपन्न वर्गका मानिसको कमजोर आर्थिक तथा सामाजिक स्थितिका कारण शिशु, गर्भवती महिला, जीर्णरोगी, वृद्धमा खानाजन्य संक्रमण बढ्ता प्राणघातक सावित हुन्छ। प्रत्यक्ष रुपमा मानव स्वास्थ्यका साथै खाद्य निर्यातकर्ता, पर्यटक एवं समग्रमा देशको आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्दछ। प्रदूषित खाना तथा पानीका कारण साल्मोनेल्ला, इ कोलाई, लिस्टेरिया, भिब्रिओ कोलेरा, नोरोभाइरस, हेपाटाइटिस ए भाइरस, विभिन्न खाले जुका, इन्टामोबिया हिस्टोलाइटिका, शिगेल्ला, जियारडिया, प्राओनजस्ता जीवाणु तथा प्राकृतिक तवरमै हुने टक्सिन (माइकोटक्सिन, बायोटक्सिन, एफ्लाटक्सिन) एवं हेभी मेटलले कालान्तरमा क्यान्सर, स्नायु जन्य रोग, मिर्गौला तथा रोगसँग लड्न सक्ने क्षमता कम गराउने समस्या निम्त्याउँछ।

दूषित खानाले यति विघ्न दुःख दिन सक्ने हुनाले हामीले खाने खाना यी हानिकारकरहित बनाउनु अनिवार्य छ। गर्मी तथा वर्षात् मौसमको आगमनसँगै लामखुट्टे, भुसुना एवं टिक्स लगायतका कीटहरुमा आउने वृद्धिसँगै औलो, कालाज्वर, डेंगु, चिकन्गुन्यालगायतका सरुवा रोगबाट बच्न समयमै आवश्यक पहल लिनुपर्ने छ। लामखुट्टेबाट बच्नका लागि लिक्विडेटर बाल्ने, म्याट बाल्ने, धुप जलाउने भन्दा लामो बाहुला भएको लुगा लगाउने, झुल लगाउने, भ्mयाल ढोकामा तारजाली ठोक्ने गर्नुपर्छ।

कीटजन्य सरुवा रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुलको प्रयोग गर्ने (औषधियुक्त), विशेष गरी तराई तथा भित्री मधेसमा साँझपख घरबाहिर बस्दा हातखुट्टा पूरै छोपिने लुगा लगाउने, घर र गोठका भित्ताका प्वाल एवं चिराहरु टालटुल गर्ने, गाईवस्तु पाल्ने भए तिनीहरुका लागि गोठ घरबाट टाढा बनाउने गर्नुपर्दछ।

अन्य समस्या
सरुवा रोग तथा छालासम्बन्धी समस्याको स्थायी समाधानका लागि नियमितरूपमा सरसफाइ गर्नुको विकल्प छैन। बढी गर्मी भएको ठाउँमा दिनमा दुईपटक सम्म नुहाउने गर्नु पर्दछ। २४ घण्टामा मोटामोटी दुई लिटर झोलिलो पदार्थ पिउनुपर्दछ। लवणपदार्थयुक्त झोल खानेकुराले बढ्ता फाइदा गर्छ। पोलिस्टर वा नाइलन मिक्स सिन्थेटिक एवं जिन्स लुगाफाटा भन्दा सेतो, चहकिलो रङको सुतीको कपडा लगाउने गर्नु पर्दछ। बासी खाना खानु हुँदैन। त्यसैगरी भिंmगा, कीरा तथा साङ्लाबाट बचाउन राम्ररी छोपछाप गर्नुपर्छ। बचेको खानेकुरा फ्रिजमा भण्डारण गर्नुपर्छ। 

घाममा निस्कनुअगाडि सन स्क्रिन क्रिम लगाउने गर्नुपर्दछ। घाममा हिँड्नु पर्दा छाताको प्रयोग गर्ने तथा शरीरको अधिक भाग छोपिने गरी लुगा लगाउने गर्नुपर्दछ। घरमा आएपछि अर्थात् कामबाट फर्केपछि एकैछिनको आरामपछि हातमुख धुने गर्नु पर्दछ। काखी गन्हाउने समस्याबाट बच्न सधैंभरि यस्तो डियोडेरेन्ट वा परफ्युममा भरपर्नुभन्दा नियमित रुपमा माथि उल्लेखित शारीरिक सरसफाइमा ध्यान दिनु बुद्धिमानी हुन्छ।

गर्मीयाममा सुख्खापन र हावाहुरी, लोडसेडिङ तथा बालबालिकाको चकचकेपना, कौतुहलपनाका कारण ग्यास लाइटर, सलाइ, मट्टितेल, मैनबत्तीजस्ता प्रज्वलनशील पदार्थहरुको दुरुपयोगले आगलागीका घटना एवं धनजनको क्षति हुनसक्छ। आगलागीका घटना एवं धनजनको क्षति हुन नदिन स–साना नानीहरुको क्रियाकलापमा नजर पुर्याउनुका साथै सलाइ, लाइटर, पेट्रोल, मट्टितेलजस्ता वस्तुहरु तिनीहरुको पहँुचमा राख्नु हुँदैन। यसका साथै ग्यास सिलिन्डरको नब बन्द गर्ने, काम सकिनासाथ बिजुलीका सामानहरुको स्विच अफ गर्ने, टुपिनहरु झिक्नेजस्ता घरको सुरक्षा उपायमा उत्तिकै ध्यान पुर्याउनु पर्दछ। दिउँसो घरबाट निस्कँदा वा हल्का सवारी चलाउँदा धूलो धुवाँबाट बच्न मास्क तथा गगल्स लगाउने भाईजर भएको हेल्मेट लगाउने गर्नु पर्दछ। तुलनात्मक रुपमा सुख्खा मौसममा नेपालमा पनि आत्महत्या गर्नेको संख्या अलि बढी हुने गरेकोले यसबारे जनचेतना बढाउन जरुरी छ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad