coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

धुलिखेल अस्पताललाई इन्भेस्टमेन्ट बैंकको सहयोग

बनेपा - नेपाल इन्भेस्टमेन्ट बैंकले धुलिखेल अस्पतालका अन्तरंग बिरामीको सुविधाका लागि ‘ब्लांकेट’ सेट खरिद गर्न आर्थिक सहयोग गरेको छ ।

बैंकको बनेपा शाखा प्रबन्धक लोकदीप भोछिभोयाले अस्पतालका मेट्रोन विष्णु सिंहलाई आठ लाख १२ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । यसबाट अस्पतालले तीन सय २५ थान ब्लांकेट सेट किन्ने योजना बनाएको छ । ‘बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थोरै भए पनि अस्पताललाई  आर्थिक सहयोग गरेका हौं । यो रकमले अस्पतालमा भर्ना भएका बिरामीहरुको आवश्यकताअनुसार ब्लांकेट किन्ने प्रयोजनमा खर्च हुनेछ । भविष्यमा समेत यस्तो सहयोग जारी राख्नेछौं,’ प्रबन्धक भोछिभोयाले भने । 

अस्पतालका कार्यकारी निर्देशक प्रद्युम्न श्रेष्ठले दाताहरुबाट प्राप्त सहयोग सदुपयोग गरेकै कारण पछिल्लो समय विभिन्न बैंकहरुसमेत अस्पतालको आवश्यकतामा सहयात्री बन्न थालेको बताए । ‘यो सहयोग गर्मी मौसमका लागि उपयुक्त पातलो खालको ब्लांकेट र त्यसको कभर किन्न खर्च गर्नेछौं,’ उनले भने । 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App