coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हात्तीवनमा इन्भेस्टमेन्ट बैंक

काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको हात्तीवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन एन्ड स्कुल अफ आर्टमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय लगायतले उक्त काउन्टर उद्घाटन गरेको बैंकले जनाएको छ । 

काउन्टरले विश्वविद्यालयको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसँगको नातालाई अझै फराकिलो पार्ने उद्देश्यले बैंकले १०औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।बैंकले अहिले ७८ शाखा, नौ राजस्व संकलन एक्स्टेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ सुविधा, एक सय ११ एटिएमबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App