coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिकाको डोजरमा आगजनी

रोल्पा – डोल्पाको त्रिबेणी गाउँपालिकाको डोजरमा अज्ञात समुहले बुधबार राति आगजनी गरेको छ। त्रिबेणी गाउँपालिकाको वडा न. २ नुवागाउँ ह्याङमा राखिएको उक्त डोजरमा अज्ञात समूहले आगो लगाइएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले बताए।

रोल्पा प्रहरीका अनुसार राति अज्ञात समूहले डोजरमा आगो लगाउदा सामान्य क्षति पुगेको छ। रोल्पा प्रहरी प्रमुख दिपक खड्काका अनुसार ‘बाया पट्टीको टायरमा क्षति पुगेको छ भने ट्याङकीमा पनि सामान्य क्षति पुगेको छ।’ सडक निर्माणमा सहज हुने भन्दै गत साल गाउँपालिकाले आफ्नै लगानीमा रा१त ७१२ नम्बरको उक्त डोजर किनेको थियो।

घटनाको जिम्मेवारी कसैले नलिए  पनि विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रोल्पामा बुधबार राती गंगादेव गाउँपालिकाको गाडीमा आगजनी गरिएको थियो भने त्रिबेणी गाउँपालिकाको गाडीमा तोडफोड गरिएको थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App