coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विदेशी लगानी सम्वन्धि कानून संशोधन गर्न माग

काठमाडौं- विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्ष्टिच्युट (एनपीआई)ले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

इन्ष्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो। उक्त विधेयक बुधबार संसदमा पेश पनि भएको छ। इन्ष्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय नेपाली र प्रवासी नेपालीलाई एउटै श्रेणीमा राख्नुपर्ने प्रस्ताव गरेको छ। तर, संसदमा पेश भएको विधेयकमा गैरआवासीय नेपालीको परिचयपत्र पाएको भनेर उल्लेख गरिएको छ। नेपाल पोलिसी इन्स्टिच्युट गैरआवासीय नेपाली संघले प्रवद्र्धन विदेशमा रहेका र नेपालमा रहेका बिज्ञ नेपालीहरूको स्वतन्त्र थिङ्क ट्यांक हो। इन्ष्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले प्रवासी नेपालीलाई कुनै पनि प्रकारको विभेद नगरी सबै क्षेत्रमा लगानी गर्न बाटो खुला गर्नुपर्ने बताए। साना तथा मझौला उद्योगमा पनि वैदेशिक लगानी खुला गरिनुपर्ने उनको भनाई छ। रक्षा र सुरक्षासम्बन्धी व्यवसायमा प्रतिबन्ध लगाइए पनि लगानीका लागि धेरै नकारात्मक सूची राख्न नहुने इन्ष्टिच्युटको सुझाव छ।

थाइल्यान्डको किङ मंकुट प्रविधि विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका ढकालले भने, ‘वैदेशिक लगानीका लागि न्यूनतम रकमको सीमा तोक्ने प्रावधान राख्नु हुँदैन।’ लगानीकर्तालाई एक वर्षे लगानी भिसा दिनुपर्ने पनि उनले सरकारलाई सुझाव दिए।

गैरआवासीय नेपालीको परिचयपत्र लिन बाबुबाजेको नागरिकता आवश्यक पर्छ। तर, यी देशमा रहेका प्रवासी नेपालीसँग यस्तो कुनै पनि प्रमाण बाँकी नरहेको भन्दै इन्ष्टिच्युटले यस्ता कुरामा सहजीकरण गर्न पनि सरकारसँग आग्रह गरेको छ। सो संस्थाका अनुसार म्यान्मार र थाइल्यान्डमा सफल व्यवसाय गरिरहेका प्रवासी नेपालीहरूले नेपालमा लगानी गर्न खोजिरहेका छन्। तर, नेपालको विद्यमान कानूनले उनीहरूलाई विदेशीसरह नै व्यवहार गर्ने हुँदा अप्ठ्यारो अवस्था छ। गत फागुन १५ मा नै लगानीसम्वन्धी विधेयकमा संशोधन हुनुपर्ने भन्दै राष्ट्रिय योजना आयोगलाई इन्ष्टिच्युटले सुझाव दिएको थियो।

प्रकाशित: २३ फाल्गुन २०७५ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App