८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति जमानतमा रिहा

सोल - भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन् । 

सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति लीलाई घुसखोरी र धोखाधडी गरेको आरोपमा देशको तल्लो अदालतले गत वर्षको अक्टोबरमा १५ वर्षको जेल सजाय तोकेको थियो । अदालतको सो आदेशविरुद्ध पूर्वराष्ट्रपति लीले माथिल्लो अदालतमा उजुरी दिएका थिए । 

सोल उच्च अदालतले पूर्वराष्ट्रपति लीले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिएको निवेदनलाई स्वीकृत गर्दै जमानतमा रिहा गर्न आदेश दिएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले उल्लेख गरेको छ ।अदालतको आदेशमा पूर्वराष्ट्रपति लीलाई आफ्नो निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ । उनीमाथि अदालतले करिब नौ लाख डलर जमानत रकम माग गरेको छ । पूर्वराष्ट्रपति लीले अदालतको सो शर्त स्वीकार गरेको बताइएको छ । 

लीले स्वास्थ्य जाँचका लागि अस्पताल जानु परे अदालतको अनुमति लिनुपर्ने तथा निवास फर्किएपछि अदालतलाई त्यसको जानकारी दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । उनले दैनिक कार्यको सूचीसमेत बनाउनु पर्ने अदालतको फैसलामा भनिएको योन्हापले उल्लेख गरेको छ ।

पूर्वराष्ट्रपति लीमाथि आफू राष्ट्रपति हुँदा नातेदारको कम्पनीलाई लाभ पु¥याएको तथा सामसुङ कम्पनीबाट करिब ५२ लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App