coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँदरले हैरान किसान

सोलुखुम्ब – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका क्षेत्रमा बाँदर आतंक बढेको छ। गाँउपालिकाका बेंसीगाँउ, पोखरे, खाल्ले, ठाटिडाँडा, पुरानागाँउ, जुकेपानी, खाल्पा, थामडाँडा लगायतका ठाँउमा बाँदरको आतंक बढेको हो। बाँदरले खेतबारीका आलु, मकै, धान, गँहु लगायतका बालीनाली अन्नबाली खाएर सखाप पार्ने गरेको पीडित स्थानीयले बताएका छन्। पहिले खेतबारीका बालीनाली मात्र नष्ट गर्ने बाँदर अहिले घरभित्रै पसेर खाद्यान्न खान थालेको स्थानीयको भनाइ छ।

भदौरेकी यशोधा बास्तोलाले बाँदरले खेतको आलु नष्ट पारेको गुनासो गरिन्। ठूलो संख्यामा बाँदरको बथान गाँउ पस्ने गरेकाले नियन्त्रणका लागि स्थानीय तहले पहल गर्नुपर्ने सगरमाथा आधारभूत विद्यालयका शिक्षक ओमप्रसाद बास्तोलाले बताए। खेतीको सिजनमा बाँदरले अन्नबाली खान थालेपछि वर्षभरि के खाने भन्ने चिन्ता परेको स्थानीय इन्दिरा भट्टराईले गुनासो गरिन्। बाँदरले ठूलै क्षति पु¥याउन थालेकाले नियन्त्रणका लागि गाउँपालिकाले पहल गर्नुपर्ने नेचाका पर्शुराम कट्टेलले माग राखे।

यसैबीच गाउँपालिकाले ग्यासको सहायताबाट बाँदर धपाउने उपाय अपनाउने जनाएको छ। हेरालु राखेर साध्य नभएपछि ग्यास खरिद गरी बाँदरपीडित क्षेत्रका किसानलाई बाँड्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले बताए। ग्यासको गन्धले बाँदर भगाउने उपाय सफल नभए अन्य उपायको खोजी गर्ने उनको भनाइ छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App