७ वैशाख २०८१ शुक्रबार
राजनीति

शान्ति प्रक्रियाका बाँकी काम मौलिक हिसाबले सम्पन्न गरिने

फाइल तस्बिर

काठमाडौ - परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शान्ति प्रक्रियाका बाँकी काम नेपालको मौलिक हिसाबले नै सम्पन्न गर्ने जनाएका छन्। संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ४० औं विशेष सत्रलाई जेनेभामा सम्बोधन गरी स्वदेश फर्किएका ज्ञवालीले मंगलबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगको काम आफ्नै ढंगले पूरा गर्ने बताएका हुन्। उनले शान्ति प्रक्रियालाई पूरा गर्दा तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको वृहद शान्ति सम्झौतालाई पनि आधार मानिने बताए।

ज्ञवालीले जेनेभामा सम्बोधन गर्ने क्रममा नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक र मौलिक ढंगले अघि बढाएको दाबी गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगको म्यादसमेत थपिएको जानकारी गराएका थिए। उनले समावेशी सरकारबिना शान्ति र मानव अधिकारको प्राप्त हुन नसक्ने भन्दै उनले नेपालको संविधानले नै राष्ट्रिय जीवनका विभिन्न अधिकारको व्यवस्था गरेको बताएका थिए।

ज्ञवालीले महिला, दलित, जनजाती मधेशी, थारु तथा मुस्तिमका लागि स्वतन्त्र र संवैधानिक निकायको व्यवस्था गरिएको र यसको प्रभावकारी कार्यान्वनका लागि राष्ट्रिय समावेशी आयोगको व्यवस्था गरिएको जानकारी गराएका थिए। जेनेभा भ्रमणका बेला मृत्युदण्डका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले नेपालमा जीवनको अधिकारलाई पवित्र हिसाबले हेर्ने गरेको बताएका थिए। व्यक्तिगत स्वतन्त्रता, मानवीय जीवनको सम्मानसहित मानव अधिकारको सम्मान नेपालको प्राथमिकतामा पर्ने उनको तर्क थियो। मृत्युदण्ड दिनुहुँदैन भन्ने अवस्थासम्म आइपुग्दासम्म नेपालको लामो इतिहास रहेको भन्दै उनले नेपालको संविधानले जीवनको अधिकारलाई व्यवस्था गरेको बताएका थिए। व्यवस्थालाई बन्देज लगाएको छ।

नेपालले मृत्युदण्डलाई उन्मुलन गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने भन्दै उनले मृत्युदण्डले अपराध घटाउँछ भन्ने नहुने बताए। ‘हामीले अपराधको मूल जरो पत्ता लगाउन आवश्यक छ,’ उनले छलफलका क्रममा भनेका थिए। जीवनको अधिकार, मानव अधिकार र मानवीय मूल्यको सम्मानका लागि मृत्युदण्डको व्यवस्था अन्त्य हुनुपर्ने उनको तर्क थियो। मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको अमेरिका भ्रमणका विषयमा पनि जानकारी दिएका थिए। राष्ट्रसंघको महिला सशक्तीकरणका विषयमा हुने सत्रमा राष्ट्रपति भण्डारी फागुन २६ देखि अमेरिका भ्रमण गर्नेछिन्। फागुन २८ मा हुने ‘महिला नेतृत्वले विश्वलाई कसरी परिर्वतन गर्न सक्छन्,’ भन्ने विषयमा सम्बोधन गर्न उनी अमेरिका जान लागेको मन्त्री ज्ञवालीले जनएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७५ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App