६ वैशाख २०८१ बिहीबार
समाज

ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

रौतहट– ट्रक र मोटरसाइकल एकापसमा जुध्दा रौतहटमा एक युवकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गको चन्द्रपुर १ स्थित पौराईमा ना ४ ख २०९६ नम्बरको ट्रक र विपरित दिशाबाट आएको बा ६१ प २४८३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकापसमा ठोक्किएको हो। 

दुवै सवारी एकापसमा ठोक्किँदा मोटरसाइकल चालक चन्द्रपुर १ पौराईका २४ वर्षीय विक्रम लामा गम्भीर घाइते भएका थिए। लामालाई उपचारको लागि चन्द्रपुर बजारमा रहेको अपोलो सिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिए।

युवकको मृत्युपछि स्थानीयवासीले दोषीमाथि कारबाहीको माग गर्दै चक्काजाम गरेका थिए। ट्रक चालक धनुषाको सागरनाथका समाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाहीको आश्वासन दिएपछि चक्का जाम १ घन्टापछि खुलेको थियो। 

प्रकाशित: २२ फाल्गुन २०७५ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App