युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने भएको छ। सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको यूक्रेनले बताएको छ।
लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै जिल्लामा ‘इलेक्सन टुरिस्ट’ को चहलपहल बढेको छ। मतदाता नै नभएका व्यक्ति जिल्ला बाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटलहरू भरिन थालेका छन्।