८ वैशाख २०८१ शनिबार
समाज

दिक्तेलमै बाली विज्ञान बिषयमा कक्षा १२ सम्मको पढाई

खोटाङ– खोटाङका छात्रछात्राले जिल्लामै बाली विज्ञान बिषयमा कक्षा १२ सम्मको अध्ययन गर्न पाउने भएका छन्। शिक्षा मन्त्रालय शिक्षा बिभागबाट सदरमुकाम दिक्तेलस्थित पञ्च माबिले यसपल्ट प्राबिधिक शिक्षा अनुशार बाली बिज्ञान विषयमा कक्षा १२ सम्मको सम्बन्धन लिएपछि जिल्लामै बाली विज्ञान बिषयमा उच्च माबि स्तरको अध्ययन गर्ने अवशर मिलेको हो। आर्थिक वर्ष २०६९/०७० देखि कक्षा ९ र १० सम्म बाली बिज्ञान बिषयको कक्षा सञ्चालन गर्दै आएको विद्यालयमा बाली बिज्ञान बिषयमा कक्षा १२ सम्मको पढाई सुरु गर्न लागिएको प्रअ भवकृष्ण ढकालले बताए । गत असोज ६ गतेको मन्त्री स्तरिय निर्णय अनुशार पञ्च माबिले बाली बिज्ञान बिषयमा उच्च माबि सञ्चालन गर्ने स्वीकृति पाएको हो। बाली बिज्ञानको उच्च माबिमा एक/एक सय पूर्णाङ्को फिजिक्स, केमेस्ट्री, बायोलोजी, अंग्रेजी र दुई सय पूर्णाङ्को कृषि विषयको पठनपाठन हुने प्रअ ढकालले जानकारी दिए। बाली बिज्ञान बिषयमा कक्षा ११ र १२ को नियमित अध्ययन र एक वर्ष फिल्ड अध्ययन हुने छ।

पञ्च माबिबाट पहिलो व्याचमा एसएलसि उत्तिर्ण भएका २९ छात्रछात्रा बाली विज्ञान बिषय पढ्नकैलागि चितवन, उर्लाबारी, कर्णाली, झापा र काठमाडौं जानुपर्ने बाध्यता आएपछि उच्च माबिको कक्षाकालागि पहल गरिएको विद्यालयले जनाएको छ। दोश्रो व्याचका ३८ छात्राछात्रा भने पञ्च माबिबाटै कक्षा १२ सम्मको अध्ययनकालागि कक्षा ११ मा भर्ना भएका छन्।

प्रकाशित: २४ आश्विन २०७३ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App