८ वैशाख २०८१ शनिबार
अर्थ

मुलककै ठूलो लगानीको नेपाल पूर्वाधार विकास बैंक

काठमाडौं–एक दशकदेखिको निरन्तर प्रयास पछि आजदेखि पूर्वाधार विकास बैंकले बैकिङ कारोबार सुरु गरेको छ।  नेपालकै ठूलो बैंकको रुपमा स्थापना भएको पूर्वाधार विकास बैंकको उद्घाटन आज बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले गरे। ठूला पूर्वाधारदेखि अन्य क्षेत्रमा लगानी जुटाउन सरकारले पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेको थियो।

 यो बैंक नेपालको बैकिङ क्षेत्रमा सबैभन्दा ठूलो बैंक हो।  ४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्नेछ। यातायात, ठूला पुल, सडक, विमानस्थल निर्माणजस्ता पूर्वाधारका क्षेत्रसहित कृषि, उर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीजस्ता ठूला लगानीका क्षेत्रमा यस बैंकको लागनी रहने बैंकमा प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल ज्ञवालीले जानकारी दिए। नेपाल पूर्वाधार विकास बैंक सञ्चालनसम्बन्धी निर्देशिका, २०७५ राष्ट्र बैंकले पारित गरिसकेको छ।

सार्वजनिक निजी–साझेदारी मोडलमा स्थापना हुन लागेको यो बैंकमा नेपाल सरकारको १०, सर्वसाधारणको ४० प्रतिशत, वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, बीमा कम्पनीको १८.९७ प्रतिशत, ५.१५ प्रतिशत सार्वजनिक र निजी कम्पनीको, ४.९९ प्रतिशत, व्यक्तिगत तथा सर्वसाधारणका सेयर रहेको छ ।

उद्घाटन समारोहमा अर्थमन्त्री डा. खतिवडाले यो बैंकले अन्य बैंकले भन्दा फरक प्रकृतिमा काम गर्नुपर्ने बताए। यस बैंकमा सरकारको पनि लगानी भएकोले सरकारतर्फबाट आवश्यक गर्ने प्रतिवद्धता गर्दै उनले भने ‘मुलुकको आवश्यकता दीर्घकालीन लगानीमा छ।’

ठूला परियोजना निर्माणको लागि ठूला परियोजनालाई स्रोत र जनशक्ति दुबै चाहिने भएकाले यो बैंक स्थापनाको अवधारणा अघि बढेको हो। अल्पकालीन लगानीका लागि धेरै वित्तीय संस्था भएको बताउँदै उनले ‘यसले स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सेवा विस्तार गर्नुपर्ने बताए। सरकारले अन्तर्राष्ट्रिय बजारबाट पँुजी ल्याउन पनि खुला गरेकोले यसतर्फ पनि बैंकले ध्यानदिनुपर्ने बताए।

कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले यो बैंकले अन्य बैंकले भन्दा पृथक तरिकाले काम गर्नेमा आफू विश्वस्त रहेको बताए।

बंैकका अध्यक्ष अनुज अग्रवालले अबको दशक पूर्वाधार विकासको रुपमा आत्मसाथ गर्दै काम गर्ने बताए। ‘यो बैंकले नोडल बैंकको भुमिका खेल्छ,’ उनले भने ‘बैंकले सोसल डेभिडेन्ट समेत बाड्ने योजना बनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App