७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिको सवारीले ट्राफिक जाम, सर्वसाधारणले गरे अवज्ञा

फाइल तस्बिर

काठमाडौं- विशिष्ठ व्यक्तिको सवारी व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले दु:ख पाएका समाचार नयाँ होइनन्। भीआईपी सवारीलाई व्यवस्थित बनाउन नसक्दा लामो समय ट्राफिक जाममा अड्किनु पर्ने वाध्यता यात्रुहरुलाई छ।

मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण रोकिएका सर्वसाधारणले भने धैर्य गर्न सकेनन्। लैनचौर क्षेत्रमा रोकिएका यात्रुले आफ्ना सवारी साधनलाई अगाडि बढाए।

राष्ट्रपति भवनदेखि सैनिक मुख्यालयको सवारीमा आधा घण्टाभन्दा  रोकिएका यात्रुले ट्राफिकको सिठ्ठीको वेवास्ता गर्दै सवारी हाँके। अर्थात उनीहरुले सवारीको समयमा गरिने निषेधलाई अवज्ञा गरे। भीआईपी सवारीका नाममा दिनहुँजसो राजधानीमा सर्वसाधारणले हैरानी व्यहोर्दै आउनु परेको छ। एक ठाउँको सवारीका कारण लगभग राजधानीकै ट्राफिक व्यवस्था प्रभावित हुने गर्छ।

यहाँबाट रास्ट्रपतिको सवारी हुँदै थियो। ४० मिनेट देखि ट्राफिकले रोकेर राखीरहेका थिए।
त्यतिकैमा एक जना मानिस अाजित हुदै बोले, 'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' सबैले 'हो हो' भन्दै आफ्नो सवारी साधन अघि बढाए, बाँकी भिडियोमा।
V: Kamal Bista pic.twitter.com/kIeb3rCN96

— चित्र-शब्द (@picwrds) March 5, 2019

 

तर हिजोको घटनाले प्रश्न उब्जाएको छ। अब यसको वैज्ञानिक समाधान ननिकाल्ने हो भने नागरिकले आदेशको पालनामात्र गर्ने छैनन्। पीडाबाट विद्रोह गर्ने छन्। यसकै एउटा झिल्कोकोरुपमा यो घटनालाई हेर्न सकिन्छ।

'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' भन्दै सर्वसाधारणले सवारी अगाडि बढाएका थिए। सर्वसाधरणले सवारी अगाडि बढाएको भिडियो सामाजिक सञ्जालमा समेत पोष्ट भएको छ। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

फेसवुक ट्विटरमा हजारौंपटक यो १ मिनेट ३१ सेकेण्डको भिडियो हेरिएको छ भने सेयर पनि भइरहेको छ।

राष्ट्रपतिको सवारीका कारण मंगलबार साँझ ६ बजे देखिनै सुन्धारा, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार क्षेत्रको ट्राफिक व्यवस्था प्रभावित भएको थियो। महाराजगञ्ज तर्फ जानुपर्ने सार्वजनिक यातायातलाई दरवारमार्ग हुँदै बालुवाटार तर्फ डाइभर्ट गरिएको थियो भने अन्य गन्तव्यका सवारी साधानको हातल पनि उस्तै थियो।

प्रकाशित: २२ फाल्गुन २०७५ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App