८ वैशाख २०८१ शनिबार
खेल

‘सी’ डिभिजन लिग बुधबारदेखि

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ। ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन्। सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा ६ र समूह ‘बी’ मा ५ क्लब छन्। दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछन्। लिगको विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App