८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकाको गाडिमा आगजनी, ‘विप्लव’ बिरुद्ध मुद्धा दायर

फाइल तस्बिर

रोल्पा – रोल्पाको गंगादेव गाउँपालिकाको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ च २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
गाउँपालिकाले भाडामा लिएको उक्त गाडी अध्यक्ष खत्रीले प्रयोग गर्दै आएका थिए। आगोले गाडि पुर्ण रुपमा क्षति भएको छ । घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिए।
यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाको गाडिमा पनि गएराती तोडफोडको प्रयास भएको छ। अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा गाउँपालिकाको बा २ झ ३६५२ न. गाडिको सिसा फुटेको छ।
अज्ञात समुहले आगजनि गरेको भनिए पनि विप्लव नेतृत्वको नेकपाले घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विरुद्ध रोल्पामा मुद्दा दायर भएको दिन राति नै घटना घटेको हो। 

‘विप्लव’ बिरुद्ध मुद्धा दायर

यसैबीच नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरको नेपाल टेलिकमको टावर र गजुलको एनसेल टावरमा केही हप्ता अघि आगजनी गरिएको भन्दै प्रहरीले विप्लव सहित जिल्ला स्तरका दर्जन बढी नेताका नाममा मुद्दा दायर गरेको छ।
रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काका अनुसार टावरमा आगजनीमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ समेत गरिएको छ। ‘विभिन्न स्थानबाट नेकपाका तीनजनालाई पक्राउ गरिएको छ।’ प्रनाउ खड्काले भने ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदामाथि क्षति पु¥याएकाले पक्राउ गर्नु परेको हो।’ रोल्पा मै जन्मिएका विप्लव सहितलाई जिल्लामा मुद्दा दायर गरिएको यो पहिलो पटक हो। बम बिस्फोटमा आदेश दिएको भन्दै विप्लव बिरुद्ध मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App