coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ग्रामिण भेगका महिलामा पाठेघरको क्यान्सर बढ्दो

जुम्ला - ग्रामिण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन्। उनीहरुले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन। जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्सर हुने रोगले ग्रामिण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रम मार्फत उपचार र सचेतना अभिबृद्धि कार्यक्रम अघि सारेको छ। सन्ध्या फाउण्डेशनसँगको साझेदारीमा क्यान्सर रोग बिशेषज्ञ गाउँपालिकामै ल्याएर महिलाको पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिएको छ। 

गाउँपालिका अध्यक्ष नबराज न्यौपानले दुर्गम क्षेत्रमा महिलाले बढि काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नु पर्ने अवस्थालाई मध्येनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको बताए। उनले भने,“अहिले पनि यहाँका महिलाको कार्यबोझ घटेको छैन्, व्यवस्था परिवर्तन भएपनि ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन्, जनतासँग अध्यक्ष कार्यक्रम मार्फत यहाँको स्वास्थ्य अवस्था सुधार गर्न चाहन्छौँ। यो कार्यक्रमबाट बुढाबुढी, बालबालिका, युवायुवती सबै लक्षित कार्यक्रम गर्ने तयारी थालिसकेका छाैं।” 

गाउँमै पहिलो पटक महिलाको पाठेघरको मुखको क्यान्सर उपचार गराउन पाउँदा स्थानीय दंग थिए।  सदरमुकामसम्म पुग्ने खर्चको जोहो गर्न नसक्दा रोग पाल्नुको विकल्प नभएको अनुभव सुनाउँदै उनीहरुले स्थानीय सरकारले गाउँमै उपचार गराउने वातावरण बनाउँदा निकै राहत महशुस गरको बताए। ग्रामिण भेगका महिलाहरुमा घरायसी कामको चाप, अधिकांश समय उकालो ओराले गर्नुपर्ने भएका कारण पाठेघरमा फोहोर जम्मा हुने भएकाले पाठेघरको मुखको क्यान्सर हुने संभावना बढी हुने गर्छ।  

जुम्लाको गुठिचौर गाउँपालिकामा १ दिन र तातोपानी गाउँपालिकामा २ दिन क्यान्सरको उपचार गरिएको थियो। सन्ध्या फाउण्डेशनका अध्यक्ष अंगदबहादुर देबकोटाका अनुसार तातोपानी गाउँपालिकामा ३ सय र गुठिचौर गाउँपालिकामा १ सय जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन्। पाठेघरको मुखको क्यान्सरको उपचारका लागि काठमाडौं देखि नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक डा.सरिता घिमिरे सहितको ७ जनाको टोली जुम्ला पुगेको थियो। उपचार गरेका मध्ये झण्डै २५ जनामा पाठेघरको मुखको क्यान्सरको संभावना देखिएको देबकोटाले जानकारी दिए। जुम्लाका महिलाहरु प्रायः बाल विवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्यबोझका कारण खानपान र सरसफाईको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठ्यघरमा समस्या आउने गरेको चिकित्सकहरु बताउँछन्।   

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App