coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिउ तथा कृषि सामग्री वितरण

रसुवा – कृषि उत्पादन बढाउनका लागि रसुवाको नौकुण्ड गाउँपालिकाले बिउ तथा सामग्री वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाको कृषि शाखाले मकैको बिउ, आलुको बिउ र चार किसिमका सामग्री वितरण गरिएको हो। 

गाउँपालिकालाई कृषि तथा फलफूलमा आत्मनिर्भर बनाउने कृषि शाखा प्रमुख शम्भु प्रसाद राईले बताए। ‘यो गाउँपालिकाका अधिकांश परिवार कृषिमा निर्भर छन्,’ उनले भने, ‘यसका लागि किसानको मागअनुसार अनुदानस्वरूप प्रविधि तथा बिउ दिँदै आएका छौं।’ 

पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रमअन्तर्गत यार्साका किसानलाई आलुको बिउ तथा तरकारी पकेट क्षेत्रका लागि इलेक्ट्रिक स्पेयर वितरण गरिएको शाखाले जनाएको छ। गाउँपालिकाले ६ वटै वडालाई उत्पादनका हिसाबले विभिन्न पकेट क्षेत्र घोषणा गरेको छ। व्यावसायिक रूपमा आलु खेती विस्तारका लागि शाखाले क्रुफी ज्योती, जनकदेव र खुमल उज्जवल जातको आलुको बिउ वितरण गरेको छ। 

किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ वितरण गरिएको हो। यो पटक ११ सय केजी बिउ वितरण गरिएको उनले बताए। गाउँपालिकाको चारवटा वडाका कृषकलाई १४ सय केजी मकैको बिउ वितरण गरिएको छ। मकै खेती हुने क्षेत्रमा अरुण २ र रामपुर कम्पोजिट जातको बिउ वितरण गरिएको शाखा प्रमुख राइले बताए। मकै उत्पादन बढाउने उद्देश्यले बिउ वितरण गरिएको हो। 

गत वर्ष पनि १४ सय केजी नै बिउ वितरण गरिएको थियो। कृषकले ५० प्रतिशत अनुदानमा बिउ पाएका छन्। प्रत्येक वर्ष बिउ परिवर्तन हुँदा उत्पादन बढ्ने र रोग किरा पनि कम लाग्ने शाखाले जनाएको छ। शाखाले कृषिमा यान्त्रीकरण गर्नका लागि चार किसिमको सामग्री वितरण गरेको छ। शाखाले दिएको जानकारीअनुसार कोदो चुट्ने मेसिन, मकै छोडाउने मेसिन, मिनिटिलर र इलेक्ट्रिक स्पेयर वितरण गरिएको हो। 

समूह तथा सहकारीलाई नौवटा कोदो चुट्ने मेसिन र १० वटा मिनिटिलर वितरण गरिएको छ भने तरकारी पकेट क्षेत्रका लागि पाँचवटा इलेक्ट्रिक स्पेयर र १२ वटा मकै छोडाउने मेसिन वितरण गरिएको शाखाले जनाएको छ। कृषिमा आधुनिकीकरण गर्ने तथा उत्पादन बढाउने उद्देश्यले सामग्री वितरण गर्दै आएको शाखाले जनाएको छ। गाउँपालिकाको कृषि शाखाले उत्पादनको तथ्यांक राख्ने, सामग्री, बिउ तथा बिरुवा वितरण गर्ने कार्य गरिरहेको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App