coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कौशी थिएटरमा ‘द लिटिल स्कुल’

काठमाडौं – बेपत्ता पारिएका मानिसहरूको कथामा आधारित लेखक अलिसिया पार्टनोयको ‘द लिटिल स्कुलः बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटक मञ्चन हुने भएको छ। ललितपुरमा मंगलबार वान वल्र्ड थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनमा नाटक टेकुस्थित कौशी थिएटरमा मञ्चन हुने जानकारी दिइएको हो।

निर्देशक डेब्रा मेरोलाले निर्देशन गरेको नाटक आगामी फागुन २५ देखि चैत्र ३ सम्म मञ्चन हुनेछ। ‘सन् १९७० को दशकमा अर्जेन्टिनामा भएको राजनीतिक उथलपुथलका क्रममा राजनीतिक बन्दी भएर बेपत्ता पारिएको लेखक अलिसिया पार्टनोयको कथामा आधारित नाटक पहिलो पटक नेपालमा मञ्चन हुँदैछ’, निर्देशक डेब्रा मेरोलाले भनिन्, ‘नेपालमा बेपत्ता पारिएका व्यक्तिहरूको संक्रमणकालिन न्यायका लागि भइरहेका प्रयत्न र यस नाटकको विषयमा धेरै समानता छन्। नाटकले एक विभत्स यथार्थको चित्रण गर्ने भएपनि यहाँ यातनाका कुनै पनि दृश्य देखाइएको छैन। नाटक कला, संगीत र कवितामार्फत प्रस्तुत गरिनेछ।’

कार्यक्रममा लेखक पार्टनोयले पुस्तकको पृष्ठभूमिबारे जानकारी गराएकी थिइन्। ‘नेपालमा यो पुस्तकले नयाँ जीवन पाउँदैछ। यो मेरो लागि खुसीको कुरो हो। राजनीतिक बन्दी भएर बेपत्ता भए लगत्तैका घटनामा नाटक आधारित छ’,उनले भनिन्। नाटकमा लेखक अलिसिया पार्टनोय, इभा लेइभा पार्टनोय, लुनिभा तुलाधार, राजकुमार पुडासैनी, सरोज अर्याल, सम्रिका गौतम, सुश्रुत आचार्यलगायत कलाकारहरूले अभिनय गर्दैछन्। 

१० वर्षे द्वन्द्वकलामा बेपत्ता भएका मानिसहरूको सम्झना गर्दै वान वल्र्ड थिएटरले भोइसेस अफ वुमेन नेपालसँग सहकार्य गरेर ‘जनयुद्धमा बाँचेकाहरूको कथा’ नामक मल्टिमिडिया कला प्रदर्शनीसमेत गर्दैछ। 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App