coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको व्यापार नीति : नयाँ निशानामा भारत

वासिङ्टन - भारतले पाउँदै आएको विशेष सहुलियत पूर्ण अवस्थाको अमेरिकाले अन्त्य गर्ने भएको छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएसँगै व्यापारका लागि विभिन्न देशमाथि विभिन्न खालको प्रतिबन्ध लगाउने क्रममा भारत पनि थपिएको हो।

सहुलियत पूर्ण व्यापारिक सुविधा भारतसहित टर्कीले पनि पाउँदै आएको थियो । वासिङ्टनको पछिल्लो निर्णयले भारतसँगै टर्कीलाई पनि प्रभाव परेको बिबिसीले उल्लेख गरेको छ । 

संयुक्त राज्य अमेरिकाले देशमा निश्चित उत्पादनलाई मात्र करमुक्त आयात अनुमति दिने नयाँ योजना बनाएपछि दक्षिण एसियाको उदाँउदो अर्थतन्त्र भारतले नयाँ खालको प्रतिबन्ध सामना गर्नु परेको हो । अमेरिकी निर्णयसँगै भारतले सामान निकासीमा पाउँदै आएको विशेष सहुलियतपूर्ण व्यवस्था अन्त्य हुने भएको हो । सहुलियत पूर्ण व्यापारिक सुविधा भारतसहित टर्कीले पनि पाउँदै आएको थियो । वासिङ्टनको पछिल्लो निर्णयले भारतसँगै टर्कीलाई पनि प्रभाव परेको बिबिसीले उल्लेख गरेको छ । 

भारतले अमेरिकालाई उसको बजारसम्मको पहुँच दिनेबारे आश्वस्त पार्न नसकेकाले यस्तो निर्णय गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । नयाँ दिल्लीले भने अमेरिकाको पछिल्लो निर्णयले भारतको अर्थतन्त्रमा ‘थोरै मात्र प्रभाव पर्ने’ बताएको बिबिसीले जनाएको छ ।

वासिङ्टनको पछिल्लो निर्णयले भारतसँगै टर्कीलाई दिँदै आएको विशेष व्यापारिक दर्जा पनि अन्त्य गर्ने छ । त्यस्तो सुविधाको लागि अब टर्की योग्य नभएको अमेरिकाको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति बनेका ट्रम्पले भन्दै आएको विभेदपूर्ण व्यापारिक अभ्यासको व्यवस्था अन्त्य गर्न चालिएको यो पछिल्लो कदम हो । राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा कटौती गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले अमेरिकी सामानमा उच्च कर लगाएको भनेर उनले बारम्बार भन्ने गरेका थिए,   जसका कारण उनले अमेरिकी व्यापार प्रतिनिधिलाई नयाँ दिल्लीले प्राप्त गर्ने गरेको सहुलियत व्यापारिक व्यवहार अन्त्य गर्न निर्देशन दिएका छन् । उनले भारतलाई दिइँदै आएको सो कार्यक्रम नै बन्द गर्न भनेको बिबिसीले उल्लेख गरेको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार, भारतले सहुलियत पूर्ण व्यापारिक अवस्था अन्तर्गत हाल ५.६ अर्ब डलर बराबरको उत्पादन कुनै कर नतिरिकन अमेरिकी बजारमा बेच्न पाइरहेको थियो । देशको संसदलाई एक पत्र लेख्दै अमेरिकी राष्ट्रपतिले ट्रम्पले भनेका छन्, ‘भारतले अमेरिकालाई उसको बजारमा बारबरी र युक्तिसंगत पहुँच प्रदान गर्ने छ भनेर आश्वस्त पार्न सकेको छैन ।’

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App