७ वैशाख २०८१ शुक्रबार
शिक्षा

नक्कली प्रमाणपत्रधारीविरुद्ध मुद्दा

काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी शिक्षक बनेका दिनेशकुमार पाल भेडिहरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। उनले उत्तिम नवआदर्श प्राथमिक विद्यालय, बारामा शिक्षकको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

‘उनले बिहार विद्यालय परीक्षा समिति, पटनाको संस्कृत उच्च विद्यालय मधुवन, भारतबाट प्राप्त गरेको एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राहत कोटा शिक्षकमा नियुक्त भई सरकारी लाभसुविधा लिएको पुष्टि हुन आएको’ ले मुद्दा दायर गरेको अख्तियारको भनाइ छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार उनलाई मुद्दा चलाइएको हो।

यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पूर्वप्रहरी नायब निरीक्षकविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ। अख्तियारले पूर्वप्रहरी नायब निरीक्षक सूर्यबहादुर नेपालीविरुद्ध मुद्दा चलाएको हो। ‘सूर्यबहादुर नेपाली भन्ने सूर्यबहादुर दर्जीले प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना भारतबाट प्राप्त मध्यम तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवासमेत भई सरकारी लाभ सुविधा लिएको’ पुष्टि भएपछि उनलाई भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App