coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘निर्वाचन लोकतन्त्रको मुख्य आधार’

काठमाडौं, फागुन २१ (नागरिक)– राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन लोकतन्त्रको मुख्य आधारस्तम्भ भएको बताएकी छन्। निर्वाचन आयोगले पेस गरेको प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संविधानमा व्यवस्था भएबमोजिम तोकिएकै समयमा निर्वाचन गराएकोमा आयोगलाई धन्यवाद दिइन्।

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष मंगलबार वार्षिक प्रतिवेदन बुझाएको हो। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन वर्ष तथा आव २०७४÷७५ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन्। २०७४÷०७५ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भएको थियो। त्यसैगरी प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको चुनाव सम्पन्न भएको थियो। त्यसैगरी राष्ट्रियसभा सदस्यको निर्वाचन तथा ७७ वटै जिल्ला समन्वय समितिको चुनाव सफलतापूर्वक सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

स्थानीय तहको चुनावबाट देशभरका गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगरपालिकामा गरी ३८ हजार ५ सय जनप्रतिनिधि निर्वाचित भएका छन्। देशमा शान्तिपूर्ण रुपमा तीनवटै तहको चुनाव सम्पन्न भई जनप्रतिनिधि निर्वाचित भएका थिए। चुनावपछि स्थानीय, प्रदेश र संघमा गरी तीनवटा सरकार सञ्चालनमा आएका र संघीयता पूर्ण कार्यान्वयन भई मुलुक समृद्धिको दिशामा अगाडि बढेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App