कफी प्रतिबन्धले झन्डै सत्ताच्यूत !

बुधबार, २२ फागुन २०७५, ०८ : ०५ सुवास घिमिरे

कतै ३५० वर्षअघिका कफी घर आजका सामाजिक सञ्जाल त हैनन् ?

आजकाल युवकयुवतीको ‘डेटिङ’देखि व्यावसायिक मिटिङसम्म कफीको प्रस्तावबाट सुरु हुन्छ । तर यो तीतो पेयको सफलताको रमाइलो यात्राबारे धेरै कमलाई मात्र थाहा छ । आउनोस्, आज एकैछिन कफीका कुरा गरौँ ।

कतिसम्म भने कफीले संसारका ठूला–ठूला राजाका राज्य नै धरापमा पारिदिएको छ । कति शासक आत्तिएर कफी घर बन्द गराउन खोज्दा आफ्नै सत्तासमेत गुम्ने देखेर पछि हटेका छन् । अमेरिका र फ्रान्सका क्रान्ति कफी घरमै बुनिएका थिए । कफीको ऐतिहासिक यात्रा बेलायतबाट सुरु गरौँ । 

अमेरिकीहरूलाई कफी खानु यसकारण पनि फाइदाजनक थियो किनकि कफीकै बहानामा उनीहरू कफीघरमा भेटेर क्रान्ति र स्वतन्त्रताका कुरा गर्न पाउँथे । यो सुरक्षित किन पनि थियो भने त्यहाँ ब्रिटिसहरूले उनीहरूका योजना सुन्ने डर हुँदैनथ्यो किनकि उनीहरू चिया मन पराउने हुँदा चिया खान अन्तै जान्थे । यसरी कफी र कफी घरहरू अमेरिकी स्वतन्त्रता आन्दोलनको एउटा महत्वपूर्ण पाटो बन्न पुगे ।

 

हार्वर्ड प्रोफेसर क्यालसटस् जुमाले ‘इनोभेसन एन्ड इट्स् एनिमिज्’मा कफीको रमाइलो ऐतिहासिक तथ्यहरू लेखेका छन् । १६७५ डिसेम्बर २९ मा बेलायती राजा चाल्र्स द्वितीयले शाही घोषणा गरी जनवरी १०, १६७६ देखि कफी घर र कफी बेच्ने सम्पूर्ण पसल बन्द वा ध्वस्त पार्नुपर्ने उर्दी जारी गरे । कफी घरहरू सामाजिक समन्वय भत्काउने र राजसंस्थालाई बदनाम गर्ने कामका लागि प्रयोग भएका र त्यसले राष्ट्रिय सुरक्षामा दखल पुगेको निष्कर्ष दरबारले निकाल्यो । तर कफी व्यवसायमा लागेकाहरू सो प्रतिबन्धविरुद्ध उत्रिए र विरोधले राजसंस्था नै ढल्ने अवस्था पुगेपछि राजाले आफ्नो घोषणा फिर्ता लिए । कफीको व्यापार गर्नेहरूले निकै पैसा कमाए । फलतः शासनमा पनि उनीहरूको पहुँच पुग्योे ।

लन्डनमा टर्कीमा भन्दा झन्डै १०० वर्षपछि सन् १६५२ मा पहिलो कफी घर खोलिएको थियो । सो ठाउँ राजनीति, संस्कृति, कला र विचारको मन्थन हुने थलो बन्न थाल्यो र केही समयपछि महिलाहरू नै कफी घरविरुद्ध उत्रिए । कफी खाने पुरुषका सन्तान बाँदर र ग्वाँचे हुने त्यसैले साठी वर्ष माथिकाले मात्रै कफी पिउन पाउने र साठी वर्ष ननाघेकाले बरु बियर र अन्य रक्सी पिउन पाउने नियम ल्याउन माग गरे ।

युरोपमा कफीको व्यापक विरोध हुँदै गर्दा स्वीडेनका राजाले हत्याका अभियुक्तलाई दैनिक कफी पिउन दिने व्यवस्था गरे । राजा गुस्ताभ तृतीय कफी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हो भन्ने कुरामा विश्वस्त थिए । विडम्बना, कफी खान पाउने अभियुक्त निकै बाँचे तर राजा गुस्ताभको भने केही समयपछि हत्या भयो ।

बेलायतको प्रतिष्ठित पत्रिका द इकोनोमिस्टको पाक्षिक प्रकाशन १८४३ मा सारा जिल्हानी लेख्छिन्, ‘टर्कीमा अटोमन साम्राज्यका बेला राजा सुल्तान सुलेमानले यमनमा राजकाज सम्हाल्न पठाएका मानिसले क्वावहा भन्ने पेय लिएर आए जुन टर्कीमा एकदम लोकप्रिय भयो । तर टर्कीका केही इस्लामिक धर्मगुरुले भने कुरानले कुनै पनि भुटेका पेय खान प्रतिबन्ध लगाएको भनेर कफीविरुद्द फतवा नै जारी गरे । तर यी सबका बाबजुद कफीको स्वादको चर्चा यसरी फैलिन थाल्यो, इस्तानबुलमा त सन् १५५५ मा दुई सिरियाली व्यापारीले पहिलो कफी पसल नै खोले । जतिजति शासकहरूले कफीलाई नियन्त्रण गर्न खोजे, यो झनझन् चर्चित बन्न पुग्यो ।’

अटोमन साम्राज्यका कफी घरहरूमा समाचार पढ्ने, विचार विमर्श गर्ने, अटोमन सेनाहरूले राजाका विरुद्ध विरोधका कार्यक्रमबारे छलफल गर्नेलगायत व्यापारीहरूले युद्धबारे कुरा गर्ने गर्थे र अन्य सामान्य मानिसहरू यी सब गफ सुन्न आउने गर्थे । यसैकारण जनतालाई अँध्यारोमा राखेर शासन गरेका राजाका निम्ति कफी घर अचानक खतरनाक देखिन थाले । जनतामा विद्रोह भाव उत्पन्न भएसँगै उनीहरूलाई आफ्नो शक्तिको आभास हुन थाल्यो । शासकहरूले कफी घरमा आफ्नो जासुस राख्न थाले । कुनै राजाले त कफी घर बन्द गर्ने प्रयास पनि गरे तर कफीको व्यापार एकदमै नाफामूलक भएकाले यसले राजस्वमा असर पार्ने देखियो र बन्द गर्ने प्रयास असफल भए।

अटोमन साम्राज्यमा १९औँ शताब्दीमा राष्ट्रवादी आन्दोलनको लहर चल्दै गर्दा कफी घरहरू झनै प्रख्यात बने । क्याफिनको जोसमा कफी घरहरूमा सत्ता साझेदारी र स्वतन्त्रता आन्दोलनका योजनाहरू बुनिए । कफी घरको छलफल र योजनाले नै कालान्तरमा ग्रीस, सर्बिया र बुल्गेरियाको स्वतन्त्रता संग्राम सफल भयो ।

ब्रिटिसहरूले कर नतिरी अमेरिकामा चिया बेचेको विरोधस्वरूप अमेरिकन स्वतन्त्रता सेनानीहरूले सन् १७७३ मा चीनबाट बेलायतीले बेच्न ल्याएका चिया पानीमा फालिदिए । बोस्टनमा भएको त्यो घटनापछि नै अमेरिकनहरूले कफी खान थालेका हुन् । जोन आडम्स् (जो पछि अमेरिकाको दोस्रो राष्ट्रपतिसमेत भए) ले क्रान्तिकै ताका आफ्नी पत्नीलाई लेखेको चिठीमा भनेका छन्, ‘मलाई चिया मनपर्छ तर अब कफी खाने बानी लगाउनु छ किनकि अब चिया खानु देशद्रोही कार्य हुनपुगेको छ ।’

अमेरिकीहरूलाई कफी खानु यसकारण पनि फाइदाजनक थियो किनकि कफीकै बहानामा उनीहरू कफीघरमा भेटेर क्रान्ति र स्वतन्त्रताका कुरा गर्न पाउँथे । यो सुरक्षित किन पनि थियो भने त्यहाँ ब्रिटिसहरूले उनीहरूका योजना सुन्ने डर हुँदैनथ्यो किनकि उनीहरू चिया मन पराउने हुँदा चिया खान अन्तै जान्थे । यसरी कफी र कफी घरहरू अमेरिकी स्वतन्त्रता आन्दोलनको एउटा महत्वपूर्ण पाटो बन्न पुगे ।

फ्रान्सको कफी महात्म्य झनै रोचक छ । फ्रान्सको क्रान्ति पनि पेरिसको प्याले रोयालको कफी घरबाट सुरु भएको थियो । सन् १७८९ ताका कफी घरमा क्रान्तिका रंग (रातो रगतको र निलो पुनर्जागरणको) समेत तय गरिएको थियो । यसैक्रममा जेलमा राखिएका मार्की दि साद भन्ने एक व्यक्तिले ग्याँस्ट्रिकले आफ्नो पेट डम्म बनाएको र पेट हलुका गराउन आफूलाई कफी खान दिइयोस् भन्ने आग्रह गरे । आफ्नो अनुरोध नसुनिएपछि आफ्नो उकुसमुकुस र रिस शान्त गर्न उनले जेलको माइकबाट बाटोमा हिँडेकालाई भने, ‘सरकारले जेलमा रहेका राजनैतिक बन्दीहरूको घाँटी रेटिरहेको छ !’ यो कुरा सहरमा निकै छिटो फैलियो र दश दिनपछि क्रान्तिकारीहरूले बास्तीजमा हमला गरे । इतिहासकारहरूका अनुसार जेलमा मार्की दि सादलाई कफी खान दिइएको भए उनले सरकारले घाँटी रेटिरहेको झूठो हल्ला फैलाउने थिएनन्, बास्तीजमा पनि आक्रमण हुने थिएन । र सायद, फ्रान्सेली क्रान्ति पनि हुने थिएन कि !

जेफ्री पेजले ‘कफी एन्ड पावर ः रेभल्युुसन एन्ड द राइज अफ डेमोक्रेसी इन सेन्ट्रल अमेरिका’मा एल् साल्भाडोर, कोस्टारिका र निकारागुआका कफी अर्थतन्त्र र क्रान्तिका अन्तरसम्बन्धका बारेमा लेखेका छन् । कोस्टारिकाका सम्भ्रान्त वर्गले साना कफी किसानलाई समूहमा काम गर्न पाउने व्यवस्था गरे जसले गर्दा हिंस्रक क्रान्तिको सम्भावना ट¥यो । पेजले कम दमन, राम्रो सामाजिक सुरक्षा कार्यक्रम र साना किसानको अलि बढी स्वामित्व भएको ठाउँमा कफी खेती गर्दा किसानहरू क्रान्तितिर कम आकर्षित हुन्छन् भन्छन् । सन् १९३० तिर एल साल्भाडोर र निकारागुआको कफी खेती श्रम शोषण र जमिनको स्वामित्व सीमित मानिसमा हुनेजस्ता समस्याले ग्रस्त थिए । कफी खेतीमा देखिएका यिनै समस्याले कालान्तरमा यी दक्षिण अमेरिकी देशहरूमा हिंस्रक क्रान्तिको रूप लिए ।

जब जब राज्य शक्तिले कला, गीत, संगीत र अन्य सामाजिक क्रियाकलापप्रति टेढो नजर लगाउन सुरु गर्छ अनि समाज उद्वेलित हुन थाल्छ र विरोध सुरु हुन्छ ।

आज फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल अभौतिक रूपमा मानिसहरू जम्मा हुने, आफ्ना मत जाहेर गर्ने, कुनै विचारको समर्थन वा विरोध गर्ने तथा विविध सामाजिक मुद्दाहरूमा विरोधका स्वरूप निर्धारण गर्ने थलो बनेका छन् । आम मानिसहरूले संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्ने थलो बनेका यस्ता सञ्जालहरूले शक्तिमा रहेकालाई बेलाबेला झस्काउँछन् र कतिपय अवस्थामा त अत्ताउँछन् पनि । कतिपय सरकारी निर्णय सञ्जालको ‘आक्रमण’ले फिर्ता भएका उदाहरण पनि हाम्रैसामु छन् ।

इजिप्टमा २८ वर्षका खालिद मोहमोद साइदलाई जेलमा रहँदा यातना दिएर मारिएको विरोधमा ‘वी आर अल खालिद साइद’ भन्ने फेसबुकबाट सुरु भएको अभियानले अन्ततोगत्वा बृहत् जनआन्दोलनको रूप लिई त्यहाँको सत्ता नै परिवर्तन गरिदियो । 

कतै ३५० वर्षअघिका कफी घर आजका सामाजिक सञ्जाल त हैनन् ? 

(सम्पादक, रिपब्लिका अंग्रेजी दैनिक)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad