‘हामीले जनमतको मेलो पाएका छैनौं’

बुधबार, २२ फागुन २०७५, ०७ : ०८ नागरिक संवाददाता

काठमाडाैं – नेकपाका सचिवालय सदस्य एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले जनमतको मेलो नपाएको बताएका छन्। मंगलबार यदु गौतमको २०औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले नेकपाले प्राप्त गरेको जनमतले विरोधीहरूको मुटु भतभती पोले पनि पार्टीले मेलो नपाएको बताएका हुन्। विरोधीहरूले गोविन्द केसी, निर्मला पन्त र वाइड बडी जस्ता घटनामा आगो झोस्न खोजे पनि आगो लगाउन नसकेको उनको दाबी थियो।

‘सरकारलाई असफल बनाउन स्वदेशी तथा विदेशी शक्ति लागिरहेका छन्,’ पोखरेलले भने। पोखरेलले सबैतिर पार्टी भएपनि कहीँ पनि छैनको अवस्था रहेको बनाए। पोखरेलले सरकार कानुन बनाउनतर्फ व्यस्त भएकाले जनताको अपेक्षा अनुसार डेलिभरी दिन नसकेको बताए। पोखरेलले यदु गौतमको हत्या दुर्भाग्यपूर्ण र आपराधिक घटना भएको बताए। उक्त घटना सामान्य नभएपनि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले गौतमको घटना हत्यालाई नहनुपर्ने घटना भएको बताए। नेपालमा चलेको शसस्त्र द्वन्द्व सामन्तवाद विरुद्धको लडाइँ भएकाले उक्त युद्ध यदु गौतमहरूका विरुद्धको युद्ध नभएको बताएका छन्।

‘त्यो निकै दुःखद् घटना थियो,’ शर्माले भने। गौतमले शसस्त्र विद्रोहका लागि प्रशिक्षित गर्ने कामसमेत गरेको भन्दै उनको हत्या पार्टीको नीति र योजनाविपरीत भएको बताए। शर्माले पछिल्लो समय प्राप्त उपलब्धि लागु गर्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न उठेको भन्दै अहिले आफूहरू कम्युनिस्ट बन्ने प्रयासमा रहेको बताए। ‘हामी कम्युनिस्ट बन्ने प्रयासमा छौँ, तर कम्युनिस्ट बनिसकेका छैनौँ,’ उनले भने।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, गौतमकी श्रीमती एवं प्रतिनिधिसभा सदस्य तिर्था गौतमलगायतले आ–आफ्ना धारणा राखेका थिए। स्वर्गीय गौतमको स्मृति दिवसका अवसरमा बागलुङका पत्रकार हरिनारायण गौतमलाई यदु स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। तत्कालीन नेकपा एमालका रुकुम जिल्ला सचिवसमेत रहेका गौतमको २०५५ फागुन २१ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरेका थिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad