८ वैशाख २०८१ शनिबार
भिडियो

राजधानीका सडक पैदलयात्रीका लागि जोखिम (भिडियाे)

काठमाडौं – काठमाडौंका सडकमा जेब्रा क्रसिङ, ट्राफिक लाइट र आकाशे पुल प्रभावकारी नहुँदा दुर्घटना बढिरहेको छ। राजधानीका अधिकांश स्थानमा भएका जेब्रा क्रसिङ प्रस्ट देखिँदैनन्। भएका पनि मेटिएका छन्। कुल ३ सय वटा जेब्रा क्रसिङ रहेकोमा ६० प्रतिशत मेटिइसकेको अवस्थामा छन्। 

एक तथ्यांकअनुसार ४० प्रतिशत पैदल यात्रुहरू सडक दुर्घटनाको उच्च जोखिममा छन्। सडकमा भएका जेब्रा क्रसिङ ठम्याएर हिड्न पनि पैदल यात्रीलाई हम्मेहम्मे पर्ने गरेको छ। काठमाडौं उपत्यकाभित्र सडक पार गर्न विभिन्न ठाउँमा आकाशे पुल राखिए पनि कतिपय पैदल यात्री आकाशे पुलको प्रयोग गर्दैनन्। २५ वटा आकाशे पुलको प्रयोग न्यून छ। 

कुनै बेला ट्राफिक प्रहरीले आकाशे पुलको प्रयोग नगरी सडकबाटै बाटो काट्नेलाई कारवाही गर्ने गरे पनि पछिल्लो समय त्यसको खासै प्रभाव देखिँदैन्। अर्कोतिर ट्राफिक लाइटको अवस्था पनि उस्तै छ। विगतमा २० वटा ट्राफिक लाइट भएता पनि हाल राजधानीमा मात्र २ वटा संचालनमा छन्। यसले ट्राफिक व्यवस्थापनमा समस्या ल्याएको छ। 

ट्राफिक तथ्यांकअनुसार ५ वर्षको अवधिमा २७ हजार १ सय ५० को दुर्घटनामा मृत्यु भइसकेको छ। यो आर्थिक वर्षमा ४७१ सडक दुर्घटना भएका छन्। पैदल यात्रीको लापरवाहीले पनि सडक दुर्घटना बढ्दो स्थितिमा छ। भएको आकाशे पुलको प्रयोग नगर्ने र जेब्रा क्रसिङमा एकोहोरो हिड्ने बानीले पनि दायाँबायाँ नहेरी पैदल यात्री राजधानीको सडकमा दुर्घटनामा पर्ने गरेका छन् भन्ने बुझाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्तको छ। 

पैदलयात्री सडक दुर्घटना न्यूनिकरण गर्न सचेत हुनु जरुरी देखिन्छ। जेब्रा क्रसिङ र आकाशे पुल हाम्रै सुविधाका लागि हुुन्। निश्चित स्थानबाट हिड्ने र बाटो काट्ने गरिए सडक दुर्घटनामा कमी आउन सक्छ। 

प्रकाशित: २१ फाल्गुन २०७५ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App