coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

साँगादिन बजारमा आगलागी, तीन घर नष्ट

ताप्लेजुङ- ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन्।

गएराति करिब १ बजे अचानक भएको आगलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । घरसँगै रहेको पसल, घरभित्र रहेका अन्य सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।

स्थानीयले बताएअनुसार कृष्णप्रसाद दाहालको भान्छाकोठा नजिकैको दाउराको हारबाट अचानक राति करिब १ बजे आगलागी सुरु भएको थियो तर प्रहरीले भने आगलागीको कारण यकिन नभएको बताएको छ।

आगलागी भएको जानकारी पाउनासाथ स्थानीयवासी, प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि रातको समय भएकाले समयमानै आगलागी नियन्त्रण हुन नसकेको खेवाङ प्रहरी चौकीले बताएको छ।

अन्य नजिकै जोडिएर रहेका घर भने आगलागीबाट जोगाउन सफल भएको बताइएको छ। आगलागी अहिले बिहान मात्रै नियन्त्रणमा आएको बताइएको छ।

आगलागीका कारण लाखौँ मूल्य बराबरको क्षति भएपनि क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण प्राप्त भएको छैन । आगलागीले मानवीय क्षति भने भएको छैन। रासस
 

 

प्रकाशित: २४ आश्विन २०७३ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App