बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

मङ्गलबार, २१ फागुन २०७५, १६ : ४० चिरन शर्मा  | @chiranuk

लण्डन- बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाली सेनाको प्रशंसा गर्दै नेपाल र ब्रिटेन विश्वकै दुई महान मुलुकहरु भएको बताएका छन्।

लन्डनस्थित नेपाली दूतावासद्वारा नेपाली सेना दिवसको अवसरमा सोमबार आयोजित एक समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल तथा बेलायतबीचको सम्बन्ध २०० वर्षभन्दा पुरानो रहेको बताउँदै गोर्खा बाहेक अरु क्षेत्रमा पनि दुई देशबीच निकट सम्बन्ध रहेको बताए।

१४ पटक नेपालको भ्रमण गरेका लङ्कास्टर गत साता मात्रै  नेपालको भ्रमण गरेर ब्रिटेन फर्किएका थिए। लङ्कास्टरले आफ्नो नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका उच्चपदस्थअधिकारीसँग भेटवार्ता गरेको बताए ।

उनी बेलायती सेनाका भूतपूर्व कर्णेल पनि हुन्। लङु्कास्टरले ३१ वर्षअघि हङकङमा ब्रिटिश गोर्खा इन्जिनियर्समा भर्ति भएपछि आफूले गोर्खा सैनिक सँगै काम गरिरहेको बताए। तर उनले  भूतपूर्व गोर्खाहरुका मागबारे भने केही बोलेनन्। ब्रिटिश सेनाका लेफ्टिनेन्ट जेनरल निकोलस आर्थर विलिअम पोपले संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सबै भन्दा बढी सैनिकहरु पठाउने मुलुकमा नेपाल पाचौँ स्थानमा रहेको पनि बताए। उनले  नेपालमा पूर्वाधार, प्रकृति संरक्षण तथा विपद व्यबस्थापनमा नेपाली सेनाले गरिरहेको कामको पनि प्रशंसा गरे।

लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी  कर्णेल कुमार बहादुर थापाले  नेपाल राज्यको एकीकरण देखिनै  नेपाली सेनाले देशको एकता र अखण्डताको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको  बताए।

उनले नेपाली सेनाका ५ हजार १ सय १३ जना सैनिकहरुले  संयुक्त राष्ट्र संघ शान्ति सेनामा काम गरिसकेको बताउदै ती मध्ये ६३ जना को शान्ति सेनामा खटिई रहेकै बेला निधन भएको पनि जनाए।  नेपाली सेना र ब्रिटिश सेना बीच एतिहसिक सम्बन्ध रहेको बताउदै कर्णेल थापाले दुवै सेना  बीच संयुक्त सैनिक अभ्यास, तालिम लगाएतका  क्षेत्रमा सहकार्य भै रहेको बताएका थिए।

बेलायतकालागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुबेदीले नेपाल तथा बेलायतबीच निकट तथा घनिष्ट  सम्वन्ध रहेको बताउँदै नेपालको विकास अभियानमा बेलायती सरकार तथा जनताले पुर्याएको सहयोगको प्रशंसा गरे। उनले दुई सेनाबीच पनि  सुमधुर सम्वन्ध रहेको बताए।  

ब्रिटिश राजकुमार ह्यारीलाई उद्धृत गर्दै उनले गोरखा सैनिकहरु दुई देशबीचको सम्वन्धको आधारको रुपमा रहेको बताए। राजदूत सुवेदीले  सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागिरहेको बताउँदै भ्रमण गर्न निम्तो पनि दिएका थिए। कार्यक्रममा ब्रिगेड अफ गुर्खाजका युवा सैनिकहरुले खुकुरी नृत्य प्रदर्शन गरेका थिए।

नेपाली दूतावासका प्रवक्ता शरद आरणले संचालन गरेको कार्यक्रममा लन्डनस्थित विभिन्न देशका दूतावास र हाइ मिसनका मिलिट्री अटयाचीसहित  नेपाली समुदायका अगुवाहरुको पनि सहभागिता थियो।





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad