coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पृथ्वी राजमार्गमा जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

तनहुँ - तनहुँको पृथ्वी राजमार्गमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १२ यात्रु घाइते भएका छन्। बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। त्यसैगरी दुर्घटनामा परी चालक नरबहादुर घर्ती, जीप मालिक दलबहादुर सुनारी मगर, यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ घाइते भएको प्रहरीले बताएको छ ।

चालक घर्तीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेको दमौली स्थित रत्नहरी अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ। जीप सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App