७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर

तस्बिर : दिनेश लुइटेल/नागरिक

काठमाडौं–नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर भएको छ। एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुशेनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

बंगलादेशसँग दोहोरो कर मुक्ति सम्झौताको प्रस्ताव दुई दशक अघिदेखि नै भएपनि आज मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दुई देशका राजस्व सचिवबीच सम्झौता भएको हो।  

दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता अनुसार एक अर्को देशका लगानीकर्ताले अर्को देशमा लगानी गर्दा दुबै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। सम्झौताले दोहोरो कर तिर्नु पर्दैन। दोहोरो कर मुक्ति सम्झौता भएपछि एक देशमा कर तिरिसकेपछि अर्को देशमा सो कर कट्टी गर्ने सुविधा करदाताहरू सरकारले प्रदान गर्दछ।

 

प्रकाशित: २१ फाल्गुन २०७५ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App