coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

पर्वत - तेह्र वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन्।

पर्वत जिल्ला अदालतको आइतबारको फैसलाले एक वर्ष छ महीना कैद र रु १५ हजार क्षतिपूर्तिसहित १५ हजार जरिवानाको सजाय सुनाएको छ।  अभियुक्त नेपालीले १३ वर्षीया बालिकालाई मङ्सिर २६ गते ललाइफकाइ गरी करणी प्रयास गरेको आरोपमा पुस २ गते पर्वत जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता भएको थियो।

आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाइ उनले करणीसम्बन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नेपालीविरुद्ध मुद्दा दर्ता भएको थियो। पीडित बालिकाको पुस १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परीक्षण सम्पन्न भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७५ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App