स्पेशल ओलम्पिक टोलीको बिदाइ

मङ्गलबार, २१ फागुन २०७५, ११ : २१ नागरिक

काठमाडौँ - संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान एक कार्यक्रमका बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गरे।

युएईमा हुने प्रतियोगितामा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीमा सौरव कार्की, आदित बज्राचार्य, आदेशराज काफ्ले, अजय तामाङ, एलिसा न्यौपाने, सविना छुस्याबागा, नगिना महर्जन, क्षितिज बानियाँ, सुनीता सुनुवार, इशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, महिमा कोइराला र सागर शेरचन रहेका छन् । प्रतियोगितामा सहभागी टोली पर्सि बिहीबार युएई प्रस्थान गर्नेछ।

प्रमुख प्रशिक्षकमा गणेश पराजुली, फुटसल प्रशिक्षकमा ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षकमा राहुल लामिछाने र शान्ति थापा तथा बोसी प्रशिक्षकमा विमला लामा छन्। मेडिकलमा रोजी श्रेष्ठ छन्। टोली नेतामा स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष डा शिक्षिता श्रेष्ठ रहेकी छन्। यही मार्च १४ देखि २१ तारिखसम्म हुने प्रतियोगिताका लागि अध्यक्ष श्रेष्ठ भने आजै युएई जानेछिन् । खेलाडी र प्रशिक्षक मार्च ७ मा त्यसतर्फ जानेछन्।







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad