८ वैशाख २०८१ शनिबार
समाज

ब्यारेकभित्रै सैनिक जवानले हाने गोली

कञ्चनपुर - कञ्चनपुरमा ब्यारेकभित्रै एक सैनिक जवानले आफूँमाथि नै गोली हानेका छन्। २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका २३ वर्षीय जवान वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी अात्महत्या गरेका हुन्।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्। आत्महत्याको कारण भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले घटनामा प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताए।

आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ”, उनले भने, ‘के कारणले आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको छ।’ खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा हुन्।

प्रकाशित: २१ फाल्गुन २०७५ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App