७ वैशाख २०८१ शुक्रबार
समाज

रानीपोखरीको पुनर्निर्माण सुरु

काठमाडौं – लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए। उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन्।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार रानोपोखरीको पुनर्निर्माण गरिने बताए। उनले रानीपोखरी पुनर्निर्माणमा ४० जना कालिगढ खटाइएको बताउँदै आवश्यकता अनुसार कालिगढको संख्या बढाउने जानकारी दिए। काठमाडौं महानगरपालिका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरी पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।

पुनर्निर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुराताŒिवक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ। रानीपोखरीको पिँध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यीकरण कार्य निर्माण व्यवसायीमार्फत गर्ने प्राधिकरणले जनाएको छ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुराताŒिवक संरचनाको पुनर्निर्माण गर्ने जिम्मेवारी पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरी, त्यस परिसरमा रहेको बालगोपालेश्वर मन्दिर लगायत संरचना पुनर्निर्माणको जिम्मेवारी यसअघि काठमाडौं महानगरपालिकालाई दिइएको थियो। महानगरपालिकाले निर्माण व्यवसायीमार्फत् पोखरीको पुनर्निर्माण सुरु गरे पनि स्थानीय र पुरातŒवविद्को विरोधपछि काम रोकिएको थियो। ऐतिहासिक महŒव बोकेको रानीपोखरी पुनर्निर्माणमा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध उठेको थियो। महानगरपालिकाले पोखरीमा पानी अड्याउनका लागि स्विमिङ पुलमा प्रयोग गर्ने सामग्री प्रयोग गर्ने तयारी गरेको थियो। तर स्थानीय र पुरातत्वविद्ले रानीपोखरीमा कालीमाटी प्रयोग गरेर पहिलेकै विधि प्रयोग गर्नुपर्नेमा जोड दिँदै आएका थिए।

प्रकाशित: २१ फाल्गुन २०७५ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App