वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

मङ्गलबार, २१ फागुन २०७५, ०८ : ४८ नागरिक

लहान – सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार अदालतको आदेशपछि पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरीको टोलीले पुस २८ गते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो। कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका ६ जनालाई सुनसहित कारबाहीका लागि पूर्वक्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको थियो। राजस्व चुहावट र विदेशी विनिमय अपचलन मुद्दामा अनुसन्धान गरेर राजस्वले मिसिल जिल्ला अदालत सिरहा पठाएको थियो। कार्यालय प्रमुख वेद फुुयाँलले भने, ‘हामीले मुद्दा अनुसन्धान गरेर कारबाही आदेशका लागि जिल्ला अदालत सिरहामा मिसिल पठायौं। अदालतले शुक्रबार आदेश दिएको हो।’

सशस्त्र प्रहरीको टोलीले पुस २८ गत्ते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो।

वडाध्यक्ष मियाँसहित पक्राउ परेकामध्ये लहान–१९ का मोहम्मद कैयुम र मोहम्मद अमिरुल अघिल्लो दिन (पुस २७) मात्रै कतारबाट काठमाडौं आएका थिए। उनीहरूका साथबाट भेटिएको बिलमा हजरत अली, आस मोहम्मद, जागेश्वर मण्डल, हरिवंश मण्डल, मोहम्मद आसिफ, अमान्त हुसैन, समसुल मियाँसँगै पक्राउ पर्ने अमिरुल र कैयुमको पनि नाम छ।जसमध्ये आसिफ र समसुलको नाममा पाँच सय ८३÷पाँच सय ८३ ग्राम, अमान्तको नाममा दुई सय ९१ ग्राम र बाँकी व्यक्तिका नाममा ५०÷५० ग्राम सुन खरिद गरेको बिलमा उल्लेख छ।

अमिरुल र कैयुम जनवरी १० मा कतारबाट हिँडेको, ११ तारिखमा काठमाडौं आएको र १२ तारिखका दिन सिरहामा पक्राउ परेको देखिनछ। कैयुमसहित हजरत, आस, जागेश्वर, हरिवंश, आसिफ, समसुलले जनवरी १० तारिखमा कतारमा सुन किनेको बिलले प्रस्ट्याउँछ। सातजनाले एउटै मितिमा सुन किनेको देखिए पनि कैयुम र अमिरुल मात्रै नेपाल आएर पक्राउ परेका हुन्।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad