८ वैशाख २०८१ शनिबार
समाज

डोलेश्वर मन्दिरमा पनि भीड

भक्तपुर – महाशिवरात्रिका दिन सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। केदारनाथको शिर मानिने डोलेश्वरमा दर्शनार्थीहरूलाई विशेष पूजाआजा, हवन र रुद्राभिषेक गरी पञ्चस्नान गराउनेसमेत व्यवस्था मिलाइएको छ।

सुरक्षा अवस्थालाई ध्यान दिँदै महानगरीय प्रहरी वृत्त जगाती र सवारी व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी परिसरले प्रहरी परिचालन गरिदिएको छ। दर्शनार्थीको निःशुल्क स्वास्थ्य परीक्षणका लागि स्वयंसेवकका रूपमा नेपाली सेना वीर दल गण सूर्यविनायकका चिकित्सकले स्वास्थ्य शिविरको समेत उपलब्ध गराएका छन्।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले महाशिवरात्रिमा आएका साधुसन्तलाई मंगलबार (आज) बिदाइ गरिने जानकारी गराए। उनले समितिको वार्षिक कार्यक्रमअनुसार आज सोमबार भक्तजनले आफैं मन्दिरभित्र गई पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनको भीड लागेको बताए।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App